तुलसीपुरमा झण्डा सहित मोटरसाइकल ¥याली

यमकला भुसाल

तुलसीपुर, मंसिर २० । लैगिंक हिंसा बिरुद्धको १६ दिने अभियानको सन्दर्भमा तुलसीपुरमा सचेतनामुलक झण्डा सहित मोटरसाइकल ¥याली निकालिएको छ । तुलसीपुर उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखाको आयोजना एव विभिन्न सघं सस्थाको सहकार्यमा शुक्रवार तुलसीपुरमा मोटरसाइकल ¥याली निकालिएको हो ।

tulsipur Mahotsab

¥यालीमा समानताको पुस्ता ः बलात्कार विरुद्ध एक्यबद्धता भन्ने मुल नाराका साथ लैगिंक हिंसाको बिरोध गरौ, लैगिंक हिंसा बिरुद्ध एक्यबद्धता जनाउ, बालश्रम अन्त्य गरौँ, विहेवारी २० वर्षपारी लगाएतका थुप्रै सन्देश मुलक नाराहरु लगाइएको थियो । त्रिशिद्धेश्वरी मन्दिर देखि सुरु भएको मोटरसाइकल ¥याली गुम्रहा चोक, विपी चोक देखि दोघरे हुदै डाँडापातु, विरेन्द्र चोक, हात्तीखौवा हुदै तुलसीपुर उपमहानगरपालिकामा पुगेर कोणसभामा परिणत भएको थियो ।

सो अवसरमा बोल्ने महिला रक्षक सञ्जाल दाङका पुर्व अध्यक्ष सुष्मा गिरीले महिला माथि हेर्ने दृष्टिकोण सकारात्मक नहुँदा सम्म हिंसा अन्त्य हुन नसक्ने बताउनुभयो । बढ्दै गएको हिंसा रोक्न महिलाहरु पनि बलियो हुनु जरुरी छ,उहाँले भन्नुभयो । कार्यक्रममा तुलसीपुर उपमहानगरपालिका वडा नं ६ का अध्यक्ष नवराज लामिछाने, वडा नं १८ का अध्यक्ष माधव वलि, कार्यपालिका सदस्य जानका रेग्मी,ओरेक दाङका सयोजंक इश्वरी थापा लगाएतले लैगिंक हिंसा मुक्त समाज निमार्णका लागि एक भएर लाग्ने प्रतिबद्धता व्यक्त जनाउनुभयो ।

वडा नं ६ का सदस्य एवं महिला अधिकारकर्मी युवा कराराको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजीकरण तुलसीपुर उपमहानगरपालिका महिला बालवालिका तथा सामाजिक विकास शाखा अधिकृत माया क्षेष्ठले गर्नुभएको थियो ।