काठका सामान बेच्न राउटेहरु दाङको भालुवाङमा

ओमप्रकाश गुप्ता

भालुवाङ २० मंसिर । जंगली जिवन बिताउदै आएका राउटेहरु शुक्रवार काठका सामान बेच्न दाङ देउखुरीको भालुवाङमा आएका छन् । सुर्खेतबाट प्युठान जान भनि हिडेका राउटेहरु भालुवाङमा झरेर काठका सामान बिक्री गरेका हुन् ।

४ जनाको संख्यामा रहेका राउटेहरु रक्सीले मातेका कारण नाम ठेगाना राम्रो सँग भन्न सक्ने अवस्थामा नभएको स्थानीय व्यापारी तपराज आचार्यले जानकारी दिएका छन् । करिव १ घण्टा भालुवाङमा रही उनीहरु प्युठान तर्फ लागेको स्थानीय व्यापारी आचार्यले बताएका छन् ।

tulsipur Mahotsab