विद्यार्थीहरुलाई न्यानो कपडा तथा फलफुल वितरण

Advertise with us


सन्तोष के सि

तुलसीपुर, १८ पुस । तुलसीपुर ७ निवासी मेनका केसी र छोरा लक्ष्मण केसीले स्वर्गीय वुवा इन्द्रबहादुर केसीको स्मृतिमा विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गर्नुभएको छ । बालकल्याण प्रावि डाडापातुमा स्थापना गरेको इन्द्रबहादुर केसी स्मृति अक्षयकोष बाट त्यहाँ अध्यन गर्ने छात्रा छात्र ६० जनालाई न्यानो कपडा वितरण गर्नुभएको हो ।

Buddha International Hospital
Advertise with us

त्यसैगरी अमर भुमा स्मृति अक्षयकोषबाट पनि विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको थियो । पूर्व माननिय देवबहादुर केसी समाज सेवि डिल्लीबहादुर केसी र छोरी यमकुमारी केसीले स्थापना गरेको अम्मर– भुमा स्मृति अक्षयकोषबाट न्यानो कपडा वितरण गरिएको हो ।

सो विद्यालयमा इन्द्रबहादुर केसी स्मृति अक्षयकोष ५१ हजार र अम्मर– भुमा स्मृति एक लाख ५० हजारको अक्षयकोष स्थापना गर्नु भएको थियो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रलाल चौधरीको अध्यक्षता तथा वडा नं ७ का वडा अध्यक्ष टोपबहादुर केसीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा समाज सेवि तथा अक्षयकोष स्थापना कर्ता पूर्व माननिय देवबहादुर केसी, डिल्लीबहादुर केसी, मेनका केसी, अक्षयकोषका संरक्षक लक्ष्मण केसी, प्रधानाध्यापक नन्दराज शर्मा, पत्रकार सन्तोष केसीलगायतले बोल्नु भएको थियो ।

 

कार्यक्रमको सहजीकरण शिक्षक हुमबहादुर केसीले गरेका थिए । केसी परिवारले विद्यालयमा स्थापना गरेको अक्षयकोष बाट प्रत्यक बर्ष विद्यालयमा अध्यनरत छात्र छात्राहरुलाई विभिन्न सामग्रीहरु वितरण गदै आएको छ ।