लक्कीचार्म ! पल्लवी उपन्यासको भाग दुइ !


सुरेश गौतम

उपन्यासको पहिलो पाना पल्ट्उदा मेरो मन खिस्रिक्क हुँदै मरेर आयो । उपन्यासको पहिलो भाग पल्लवी मैले पढेकै थिएन । पहिलो भाग नपढी दोस्रो भाग पढ्दा कथा सार नबुझेर बोर हुन सक्छ । भन्ने मलाई लाग्यो ।

Buddha International Hospital
Advertise with us


लेखक सविन प्रियसनले एउटा कथा संग्रह सातवटा ओटा उपन्यास प्रकाशित गरि सक्नु भएको छ । त्यस मध्ये मैले पल्लवी बाहेक उहाँका सबै संग्रह पढि सकेको छु । पल्लवीको भाग दुइ लक्कीचार्म भनिएको कारणले उपन्यास त्यतिकै घरमा थन्क्याएर राख्न बाध्य भएँ । कुनै दिन पहिले पल्लवी पढौला त्यसपछि लक्कीचार्म पढ्नु पर्ला भन्ने सोचेर ।

त्यतिकै थन्किएको किताब मेरो श्रीमतीको हातमा लागेछ । उनले पढ्न सुरु गरिन । उनको त्यति किताब पढ्दिनन् । तर लेखकको यो भन्दा अघिल्लो उपन्यास सेल्फी पढेकी हुनाले पुस्तक पढ्न लालियत भएकी थिईन् । वास्तवमा त्यो सेल्फी मलाई पनि साह्रै स्तरीय उपन्यास लागेको थियो ।

उनको अनुहार भाव पहिल्याउदै मैले सोधे । ‘उपन्यास कस्तो छ ?’
उनले पढ्दापढ्दैका राता रसाएका आँखाले मलाई पुलुक्क हेरेर इसाराले भनिन् । ‘ठिकै छ ।’
‘कथा सार बुझिन्छ ? बुझेकी छौ ।’
‘पढ्न लागेपछि नबुझ्ने कुरा हुन्छ ।’ किताब बिचको पाना दोबारेर मेरो अनुहार हेर्दै भनिन ।
‘मैले त भाग दुई हो । अपुरो लाग्ला नबुझिएला भनेर छोएकै थिएन ।’
‘भाग दुई होला ! तर पढ्दा त सबै प्रस्ट बुझिन्छ । पढेकै छु ।’ भनेर फेरि पढ्न थालिन् ।
उनको प्रतिक्रियाले म उपन्यास प्रति लालिएल भएँ । उनले उपन्यास पढेर सिध्याउने बाटो हेर्न थाले । उनले उपन्यास पढेर सिध्याउना साथै दुई दिन लगाएर पुरै किताब पढेर सिध्याएँ ।

लक्कीचार्म सबै पाठक माझ एउटा नयाँ रमाइलो लोकप्रिय पारिवारिक उपन्यास बनेको छ । भाग दुई भनेर नराख्दा पनि हुन्थ्यो । पहिलेका अरु उपन्यासमा जस्तै यस उपन्यासमा पनि लेखकको जादुमय कल्पना शक्तिको सोच लाई मान्नै पर्छ । बडा महिन तरिकाले कलम मार्फत शब्द सजाउँदै यस उपन्यास तयार पार्नु भएको रहेछ । उपन्यासमा शब्द मिठासले आफ्नो पाठकको मनलाई कतै प्रेमिल आभाष दिलाएर आकाश माथि पुर्याउन त कतै मनमा पीडा गुम्सिएर आँखाबाट आशु चुहाउन बाध्य पार्न सफल हुनु भएको छ ।

उपन्यासमा हाँसो छ । खुसी छ । पारिवारिक रोदन र मिलनको सामाजिक समिश्रण छ । उपन्यास पुर्णतः सामाजिक प्रेम कथामा आधारीत आधुनिक शुद्ध पारिवारिक बनेको छ । उपन्यास युवाहरूको लागि उर्जा शिल छ । पढ्दापढ्दै जाँदा उपन्यासको पात्रहरू बिच कतै म पनि छु की भन्ने आभाष पनि हुन्छ । उपन्यासले अहिलेका सबै बर्गलाई समेटेर कहानी आफ्नै रफ्तारमा बगेको छ । लक्कीचार्म निम्न, मध्यम, उच्च बर्ग सबैको प्रतिनिधित्व गर्न सफल उपन्यास बनेको छ । संभवत कुनै न कुनै कहानी कसैसँग मिल्न सक्छ ।

उपन्यास पात्रहरूमा पल्लवीको समर्पण, संकेतको त्याग, आशिष्माको असमझदारी, प्रितमको गम्भीर सुमधुर प्रेमभाव, बैनी बनेकी नम्रता, गरीबी र समाज संग सम्झौता गर्दागर्दै महत्वाकांक्षी भएकी एयर होस्टेज आशिष्मा फरेव खलपात्र सुलभ र अरु सहयोगी पात्रहरु घर परिवारको सभ्य गम्भीर भुमिकाले गर्दा उपन्यास सलल बगेको छ ।

उपन्यासले पाठकलाई पोखरा देखि मुस्ताङ पुर्रुयाउछ । काठमाडौंको ब्याच्लर पार्टी बिवाह भोज मन्दिर सबै देखाउछ ।
त्रिशूलीमा र्रुयाप्टिङ गराउछ । पोखराको रमणीय स्थलको अबलोकन साथै फेवाताल, बेगनाशतालमा डुङ्गाको सयर र सराङकोट वाट प्याराग्लाईडिङ पनि गराउछ ।

लक्कीचार्म उपन्यासमा पाठकलाई रोमान्चित गर्दागर्दै मुख्य पात्र बिच असमझदारीको गहिरो खाडल एकाएक देखा पर्छ । पाठक बर्गमा कौतुहल र जिज्ञासा बढ्दै जान्छ । यहीँ कौतुहल जिज्ञासा असमझदारी बिचको खाडल लेखकको सब्दवाणको साहित्यमा डुब्डाडुब्दै कथा कतिवेला सकिन्छ पत्तै हुँदैन ।

यस उपन्यासमा प्रकृति, समाज र पात्रहरुको बिचमा सालिन्दा सुक्ष्म गहिरो सम्बन्ध दर्शाइएको छ । प्रितमको सालिन सभ्य ब्यवहारले जो कोही पाठकलाई पनि मन्त्र मुग्ध बनाउछ । आशिष्मा लाई पनि सभ्य शिक्षित र एकदम जिम्मेवार पात्र देखाइएको छ । पढ्दै जादा मुख्य पात्रहरूको प्रेम समर्पण र असमझदारीले फाटो परेको चित्रण मन छुने छ । पाठकमा उत्सुकता बढाउँछ । प्रेम पुर्व प्रेम पस्यात बारम्बार दुई पात्रको बिचमा संयोग बस भएको जम्काभेटले उपन्यास लाई पाठक हरुको माझमा रोमान्स कौतुहल संगै उत्साहित बनाउछ ।

यस उपन्यासमा कुनै पात्र प्रति पाठकको घृणा भाव पटक्कै हुँदैन । सबै पात्र हरुले आ आफ्नो स्थानमा न्याए पाएका छन् ।मुस्ताङ बृद्धाश्रमका पात्रहरू यथा स्थानमा छन् । भिखारी दम्पतीलाई प्रितमले घर लिएर त जान्छ । तर उनीहरूको घर परिवार शिक्षित भनिए पनि गौण राखिएको छ । लक्कीचार्ममा दृढ इच्छाशक्तिले लगनशील भएमा जेपनि गर्न सकिन्छ भन्ने सन्देश छ । देशका सत्तासीन राजनीतिक पार्टी हरुले समाजमा गर्नुपर्ने सुधारको पाटो मज्जैले केलाएको छ । राजनीतिक सामाजिक सुधारको साथै आजका युवाहरूले गर्नुपर्ने कामको यति राम्रो संग चित्रण गरिएको छ की । यो उपन्यास सबैले एक पटक पढ्नै पर्छ ।

अन्त्यमा पाठक माझ राम्रो उपन्यास पस्किन सफल लोकप्रिय लेखक सबिन प्रियासनलाई हार्दिक हार्दिक हार्दिक बधाई ।