सहकारीले महिला शसक्तिकरण बनाउँदै

 

दाङ, मंसिर १६ । सुधार सामाजिक उद्यमी महिला सहकराी संस्था लिमिटेड घोराही ३ झिङनीले आफनो ७ औ बार्षिक साधारणसभा तथा अबिधेसन कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष निलक्वारी चौधरीको अध्यक्षता तथा घोराही उपमहानगरपालिका वार्ड नम्बर ३ का वडा अध्यक्ष माधबप्रसाद चौधरीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि चौधरीले महिलाहरुले स्थापना गरेको सहकारीले कृषि उद्यमशिलताका साथै महिला शसक्तीकरणमा समेत टेवा पुर्याउदै आएको बताउनुभयो ।

महिलाहरुले केहि गर्न सक्दैनन्,महिला भनेका दोश्रो दर्जाका नागरिक हुन भन्नेहरुका लागी भने यो सहकारीले उदाहरणीय रुपमा कृषि उत्पादन तथा उत्पादित सामाग्रीहरुको बजारीकरणको काम गरेर महिलाहरुले समाज रुपान्तरण र परिबर्तनका साथै आर्थिक समृद्धिका लागी समेत अहम् भुमिका निर्बाह गर्नसक्ने बताउनुभयो ।

सुधार सामाजिक उद्यमी महिला सहकराी संस्था लिमिटेडका सचिब कमला वलीको स्वागत मन्तब्यवाट शुरु भएको कार्यक्रममा नेपाल महिला सामुदायिक सेवा केन्द्र दागंका उपाध्यक्ष बिष्णु गिरीले घरको सम्पुर्ण काम भ्याएर पनि महिलाहरुद्धारा यसरी सहकारी संचालनमा ल्याउन सक्नु भनेको आम महिलाहरुको लागी गर्ब गर्ने बिषय भएको बताउनुभयो ।

 

यसैगरी कार्यक्रममा बोल्दै ग्रामीण महिला उत्थान केन्द्र दागंका कर्मचारी रजनी श्रेष्ठले खर्च गर्ने बानिले गरिब हुने र बचत गर्ने बानिले मानिसलाई धनि बनाउने हुदा हरेक सुनौलो भबिष्यका लागी बचत गर्नु अनिबार्य रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय सहकारी बैंक लिमिटेडका नारायण बेल्वासे,झिङनी स्वास्थ्य चौकीका प्रमुख भुपेन्द्र वली लगायतले आफनो भनाई राख्नुभएको थियो ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता,उत्कृष्ट समुह,जेष्ठ नागरिक,सहकारी बाट खसी बेचेका किसानहरु लगायत बिभिन्न बिद्यामा सहकारी सदस्यहरुलाई सम्मान तथा पुरस्कृत गरिएको थियो ।

यसैगरी साधारणसभाले आज निलक्वारी चौधरीको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति गठन गरेको छ भने शारदा बुढाथोकी संयोजक रहेको ३सदस्यीय नँया लेखा समिति र मिना बोहरा संयोजक रहेको ३सदस्यीय नयाँ ऋण उपसमिति समेत सर्बसम्मतिले चयन गरेको छ ।

हेफर ईन्टरनेसनल नेपाल र ग्रामीण महिला उत्थान केन्द्र दागंको साझेदारीमा संचालित पशुबस्तुको मुल्य श्रृखंलामा आधारित साना किसानहरुको संस्था सबलीकरण परियोजना अन्र्तगत उक्त सहकारीलाई सबलीकरण तथा शसक्तीकरणका लागी सहयोग गर्दै आईरहेको छ । उक्त कायर्मक्रमको सहजीकरण सहकारीका सहब्यवस्थापक समझना श्रेष्ठले गर्नुभएको थियो ।