न्यानो कपडा बोकेर क्याप्टेन विजय लामा ककनीमा

क्याप्टेन तथा नायक विजय लामा फुर्सदको बेला समाज सेवामा पनि आफ्नो हात बढाउदै आएका छन् । न्यानोपन संस्था मार्फत विभिन्न सामाजिक कार्यमा सहभागी हुने गरेका नायक लामाले भर्खरै ककनीको एक विधालय पुगेर जाडोका लागि न्यानो कपडाहरु वितरण गरेका छन् ।

विजय लामा नुवाकोटको ककनी गाउँपालिका वडा नम्बर ५ स्थित जालपादेवी आधारभूत विद्यालयमा पुगेर विधार्थीहरुलाई न्यानो कपडा वितरण गरेका छन् । आफु जाँदा विधार्थीहरुको लागी स्वाष्ट दिवा खाजा बोकेर पुगेका लामाले विधार्थीहरु संग खाजा खादै केहि समय बिताएका हुन् । ककनीसंग लामाको पुरानै सम्बन्ध रहेकोले नायक लामा जाडोको सुरुवातमा विधार्थीहरुको लागि न्यानो कपडा बोकेर पुगेका हुन् । यस अघि लामा सोही ठाउँमा रोपाईं जात्रामा धान रोप्न पुगेका थिए ।

वडा नम्बर ५ का नेपाली कांग्रेसका प्रत्यासी वडाध्यक्ष बुद्धराज लामा र नेपाल तरुण दल क्षेत्र नम्बर १ नुवाकोटका अध्यक्ष यदुमान लामाको पहलमा नायक लामा न्यानोपन मार्फत पुगेका हुन् । विजय लामालाई देख्दा विधार्थी देखि शिक्षकहरु खुशीले हर्षित भएका थिए । विधार्थीहरुमा उत्साह आएको कुरा शिक्षकहरुले उल्लेख गरेका छन् भने विधार्थीहरुले विजय लामाका गितहरु गाएर धन्यवाद समेत दिएका छन् ।