अजय र जोनको भिडन्त हुने, कसले मार्ला बाजी ?

एजेन्सी । बलिउड अभिनेता जोन अब्राहमको फिल्म ‘अट्याक’ १४ अगस्ट २०२० मा रिलिज हुने खबर शनिबार घोषणा भएको थियो । यसका साथै यस फिल्मसँग अर्को एक प्रतिक्षित फिल्मको भिडन्त हुने पक्का भएको छ ।

बलिउडका अर्का सुपरस्टार अजय देवगनको फिल्म ‘भुज : द प्राइड अफ इन्डिया’ पनि सोही दिन प्रदर्शनमा आउने घोषणा भएको छ । यो फिल्म अगस्ट १४ मा नै रिलिज हुने घोषणा निर्माण टिमले यसअघि नै गरेको छ ।

जोनका अलावा निर्माण टिम यस ‘अट्याक’लाई लिएर एकदमै उत्साहित रहेका छन् । यस फिल्ममा जोनसँग ज्याकलिन फर्नान्डेजले रोमान्स गर्नेछिन् । यसका साथै राकुल प्रीत सिंहपनि यस फिल्ममा देखा पर्नेछिन् ।

यस फिल्मको सुटिङ सुरु भएसँगै सामाजिक सञ्जालमा यस फिल्मसँग सम्बन्धित विभिन्न तस्बिरहरु बाहिर आइरहेका छन् । यता अजय देवगनको ‘भुज : द प्राइड अफ इन्डिया’को कुरा गर्दा यसमा अजयका अलावा सञ्जय दत्त, सोनाक्षी सिन्हा, राणा दग्गुबाती र एम्मी विर्क लगायतका कलाकारहरुको अभिनय रहनेछ ।

एकै दिन फिल्म भिड्ने भएपछि कुन फिल्म सफल हुन्छ, कुन फिल्मले बाजी मार्छ त्यसको लागि अर्को वर्ष अगस्ट १४ को नै प्रतिक्षा गर्नुपर्नेछ ।