भारतीय रुपैया सहित दाङका विक पक्राउ


दाङ, मंसिर १५ । दाङमा प्रहरीले भारतीय रुपैया सहित एक जनालाई पक्राउ गरेको छ । घोराही उपहानगरपालिका वडा नं. १२ रतनपुर टिकरीका गोकर्ण बहादुर विकलाई १३ लाख ९१ हजार १ सय ७० रुपैया भारतीय र ७७ हजार रुपैया नेपाली नोट सहित पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दाङका प्रवक्ता विनोद विक्रम शाहले बताउनुभयो ।


विशाल भनिने गोकर्ण विक भारतको हरियाना राज्यको चरसीदादरी जिल्लाको एक घरमा घरेलु कामदारको रुपमा काम गर्ने क्रममा सोही घरबाट चोरी गरेर ल्याएको प्रहरीले बताएको छ । प्रहरीको तथ्यांकमा ५ सय, २ सय, १ सय, ५० र १० का भारतीय नोटहरु र नेपाली नोट ५ सय र एक हजारका बरामद गरेको प्रहरीको भनाई छ ।

भारतीय रुपैयासहित पक्राउ गरेका विकलाई थप अनुसन्धान गरी कानुनी कारबाहीको प्रक्रिया अगाडी बढाईएको शाहले बताउनुभयो ।