चार जना किरियापुत्रीद्धारा मतदान

दाङ, मंसिर १४ ।
प्रदेशसभा निर्वाचनका लागि चार जना किरियापुत्रीहरुले पनि मतदान गरेका छन् । दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा निर्वाचन क्षेत्र २ मा भएको निर्वाचनमा बबई ५ जनता आधारभुत विद्यालय मतदान केन्द्र ४ जना कृयापुत्रीले मतदान गरेका हुन् ।

बबई गाउँपालिका वडा नं. ५ बबरपुरका जित बहादुर डाँगी, तुलसी डाँगी, हिमाल डागी र ईश्वरी डाँगीले मतदान गरेको हुन् ।