दाङको एउटा केन्द्रमा सम्पुर्ण कर्मचारी महिला

रीता लामा
घोराही, १४ मङ्सिर

]उपनिर्वाचन २०७६ अन्तरगत अहिले देशभरका विभिन्न स्थानमा मतदान भैरहेको छ । दाङमा पनि दुई स्थानमा हुने उपनिर्वाचनका लागि ३४ स्थानमा मतदानको काम भैरहेको छ ।
जिल्ला निर्वाचनको कार्यालयले दाङको एउटा निर्वाचन भने महिला कर्मचारी मात्र खटाएको छ । निर्वाचनलाई नमुना बनाउनको लागि र महिलाहरुलाई विश्वास गरेर एउटा निर्वाचनमा महिला कर्मचारी मात्र खटाएको जिल्ला मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार स्थानिय निर्वाचन अन्तगत घोराहीको बाहुन डाडा केन्द्रमा महिला कर्मचारी मात्र खटाइएको हो । त्यहाँ सम्पुर्ण महिला कर्मचारी खटाइएको हो । केन्द्रमा मुख्य निर्वाचनको कार्यालयले खटाएका ७२ जना महिला कर्मचारीले अहिले शान्तीपुण तरिकाले मतदानको व्यवस्था गरिरहेका छन् ।
मुख्य निर्वाचन अधिकृतका अनुसार अहिले क्षेत्र नम्वर ३(ख)को प्रदेशसभा सदस्य पदको लागि र घोराही १६को वडा अध्यक्ष पदको लागि ३४ मतदान स्थलबाट मतदान भैरहेको छ । जसमा ३३८ पुरुष र ७२ जना महिला गरि ४१० कर्मचारी खटिएका छन् । भने थप ३२६ जना स्वयम सेवक छन् ।