सलमानले भने– बलिउडमा मसहित पाँच जनामात्र अभिनेता छन्

एजेन्सी– बलिउड अभिनेता सलमान खानले बलिउडमा अहिले आफूसहित पाँच जना मात्र अभिनेता भएको बताएका छन् । उनका अनुसार साहरुख खान, आमिर खान, अक्षय कुमार र अजय देवगनमात्र अहिले बलिउडका अभिनेता हुन् । उनले स्टारडम संस्थागत गरेर राखिरहनु चानचुने कुरा नभएको पनि बताएका हुन् ।

फिल्मफेयर पत्रिकाका लागि दिएको अन्तर्वार्तामा सलमानले भनेका छन्, ‘हामी पाँच जनाले यो स्टारडम अब थप केही समय बाँकी राखिरहन सक्छौँ होला । यो त निकै कठीन काम हो ।’