पश्चिम दाङको विकाश अगुवा छान्न मतदान (फोटो फिचर)

दाङ, मंसिर १४ । पश्चिम दाङको विकासका अगुवा तथा तत्कालिन सांसद उत्तरकुमार वलीको सवारी दुर्घटनाका कारण मृत्यु भएपछि हुन थालेको उपनिर्वाचनमा आज जनताले मत प्रकट गर्दैछन् ।

दाङ निर्वाचन क्षेत्र नं. ३ को प्रदेश सभा निर्वाचन २ मा भैरहेको निर्वाचनका लागि नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का उम्मेदवार विमला वली र नेपाली काँग्रेसका उम्मेदवार केशव आचार्य सहितन १४ जना उम्मेदवारहरु निर्वाचनको मैदानमा रहेका छन् ।

विहान ७ बजेदेखि सुरु भएको निर्वाचनका लागि मतदाताहरुको उत्साहजनक सहभागीता रहेको छ । बेलुका पाँच बजेसम्म मतदानको समय तोकिएको छ । सम्पुर्ण मतपेटिकाहरु राती १० बजेसम्म घोराहीमा ल्याईनेछ । भोलि विहा ८ बजेदेखि मतगणना सुरु गर्ने व्यवस्था मिलाईएको छ ।