भोलि मतदानको तयारी (फोटो फिचर)

दाङको निर्वाचन क्षेत्र नं. ३ (ख) र घोराही उपमहानगरपालिका वडा नं. १६ को अध्यक्षका लागि भोलि मतदान हुँदैछ । मतदान विहान ७ बजेदेखि बेलुका ५ बजेसम्म हुने मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताउनुभयो । उपनिर्वाचनका लागि सम्पुर्ण तयारी सकिएको छ । जिल्ला निर्वाचन कार्यालयले कर्मचारीहरुलाई मतपेटिका, मतपत्र, मतदाता परिचयपत्रसहितका निर्वाचन सामग्री दिएर मतदान केन्द्रमा पठाएर सम्पुर्ण तयारी सिध्याएको अधिकृत थापाले बताउनुभयो ।

निर्वाचनका लागि ३ सय ३८ पुरुष र ७२ जना महिला गरी ४ सय १० जना कर्मचारी खटिएका छन् भने ३ सय २६ जना स्वयम सेवक नियुक्त भएका छन् । ३४ मतदान स्थल, ८२ मतदान केन्द्रका लागि ८२ मतदान अधिकृत र त्यति नै सहायक मतदान अधिकृतले काम गर्दैछन् ।

फोटो : दिपक जीएम