मनाइयो टोपी दिवस

दाङ, पुस १७ । दाङमा विभिन्न कार्यक्रम गरेर छैठौ अन्र्तराष्ट्रिय टोपी दिवस मनाईएको छ । घोराहीको पद्मोदय क्याम्पसका विद्यार्थीहरुले नेपाली टोपी ः हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाएको छ । दिवसका अबसरमा जागरणमुलक ¥याली र कार्यक्रम गरीएको छ ।

Blog Post Ad

Blog Post Ad

क्याम्पसको प्राङगणबाट सुरु भएको ¥याली घोराहीको विभिन्न स्थानहरुको परिक्रमा गर्दै तुलसीपुर चौकमा पुगेर राष्ट्रिय झण्डा स्थापना गरि पुन ः क्याम्पसमा पुगेर कार्यक्रममा परिणत भएको थियो । क्याम्पसका गठित शिक्षक विद्यार्थी समन्वय समितिका अध्यक्ष नन्दकुमार खड्काको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनको प्रमुख आतिथ्यता तथा क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष बमबहादुर डिसीको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा बोल्ने बक्ताहरुले टोपी नेपालीको पहिचान भएको बताए । उनिहरुले नेपालको पहिचानलाई जोगाउने दायित्व सम्पुर्ण नेपालीहरुको रहेको भन्दै त्यसका लागि क्याम्पस र विद्यालयमा यसको महत्व प्रचार हुन आबस्यक रहेको धारणा राखे । साथै कार्यक्रममा प्रमुख अतिथी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले टोपीलाई पद्मोदय क्याम्पसले विद्यालयको अनिवार्य पोषाक बनाए अन्य क्याम्पस र विद्यालयहरुको लागि समेत उदाहरणिय कार्य हुने बताउनुभयो ।

कार्यक्रममा क्याम्पस प्रमुख निश्चल आचार्यले टोपी दिवसको महत्वपको बारेमा जानकारी गराउनु भएको थियो भने शिक्षक विद्यार्थी समन्वय समितिका निवर्तमान अध्यक्ष प्रेम वली लगाएतले आफ्नो धारणा राख्नु भएको थियो । कार्यक्रमको सहजीकरण समितिका सचिव प्रतिक गोराथोकीले गर्नुभएको थियो ।

यसैविच राष्ट्रिय पोषाक संरक्षण महाअभियान नेपाल दाङ शाखाले समेत राष्ट्रिय पोषाकको संरक्षणका लागि घोराहीमा कार्यक्रम गरेको छ । दिवसको अबसरमा आयोजित कार्यक्रममा विभिन्न विद्यालयका बालबालिकाहरुको सहभागीता रहेको थियो । अभियान दाङका संयोजक समिर वलीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासन, महिला अधिकारकर्मी साजिदा सिद्धिकी लगाएतले बोल्नु भएको थियो ।

कार्यक्रममा राष्ट्रिय पोषाकमा सजिएका विद्यार्थी बालबालिकाहरुले सास्कृतिक प्रस्तुतीहरु राखेका थिए । कार्यक्रमको सहजीकरण विष्णुकुमार देवकोटाले गर्नुभएको थियो । अङ्ग्रेजी नयाँ वर्षको पहिलो दिन सन् १०१४ देखि नेपाली मौलिक पोशाक संरक्षणको अभियानका लागि ‘टोपी दिवस’ मनाउन शुरु गरिएको हो । सोही दिनलाई नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यूचोलोको संरक्षणका लागि राष्ट्रिय पोसाक दिवसको रुपमा समेत मनाउँदै आईएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *