राप्ती बबईमा पूर्व विद्यार्थीको रक्तदान

 तुलसीपुर, १२ मंसिर । राप्ती बबई क्याम्पसको ३० औ बार्षिक उत्सवको अवसरमा पुर्व विद्यार्थीहरुले रक्तदान गरेका छन् । क्याम्पसका पुर्व विद्यार्थीहरुले आयोजना गरेको कार्यक्रममा २२ जनाले रक्तदान गरेका हुन् । रक्तदान नै जीवन दान भएको भन्दै पुर्व विद्यार्थीले रक्तादान कार्यक्रमको आयोजना गरेका हुन् ।
त्यसअवसरमा क्याम्पसका विद्यार्थी,शिक्षक, कर्मचारी लगाएत २२ जनाले रक्तदान गरेका हुन् । नेपाल रेडक्रस सासाईटी घोराही शाखाले क्याम्पको व्यवस्थापनमा रक्तदान कार्यक्रम गरिएको हो । त्यसैगरी क्याम्पसमा मुख स्वास्थ्य संम्वन्धि कार्यक्रम पनि गरिएको छ । कार्यक्रममा विआर डेण्टल हस्पिटल प्रालि तुलसीपुरका संचालक विपी भुसालको टोलीले क्याम्पसका सम्पुर्ण विद्यार्थीहरुलाई प्रशिक्षण दिएका हुन् ।
राप्ती बबई क्याम्पस पुर्व विद्यार्थी समाजका संयोजक रन्जन कोईरालाको अध्यक्षता तथा क्याम्पस संचालक समितिका अध्यक्ष बिष्णूकुमार देवकोटाको प्रमुख आतिथ्यता एवं क्याम्पस प्रमुख युवराज रावतको विशिष्ट आतिथ्यतामा कार्यक्रम भएको हो । क्याम्पस संचालक समितिका अध्यक्ष देवकोटाले पूर्व विद्यार्थीले रक्तदान कार्यक्रम गर्नु नै क्याम्पसको गरिमा बढेको बताए ।
‘रक्तदान जस्तो महत्वपूर्ण कार्यक्रम विद्यार्थीले गरेका छन्, उनले भने, – ‘पूर्व विद्यार्थीले गरेको यस्तो सामाजिक कामलाई आगामी दिनमा पनि आवश्यक रहेको छ ।’ त्यस्तै क्याम्पस प्रमुख रावतले क्याम्पसमा पूर्व विद्यार्थीले खेलेको भुमिका महत्वपूर्ण रहेको बताए । ‘सामाजिक भावनाका साथ पूर्व विद्यार्थीले रक्तदान गरेका छन्, उनले भने–‘ रक्तदान मानविय जीवनको ठुलो सहयोग हो ।’