एनसीसीमा पद्मोदय ‘फष्ट’

दाङ, पुस १७ । राष्ट्रिय सेवा दल (एनसिसि)को केन्द्रीय कार्यक्रममा दाङको पद्मोदय पब्लीक नमुना माध्यमिक विद्यालय प्रथम भएको छ । राष्ट्रिय सेवा दल कार्यक्रममा ९ जिल्लाका १६ विद्यालयहरुलाई पछि पार्दै घोराहीको भरतपुरमारहेको पद्मोदय पब्लीक नमुना माध्यमिक विद्यालय प्रथम भएको प्रधानाध्यापक डा. कृष्णराज डिसीले जानकारी दिनुभयो ।

Buddha International Hospital

Advertise with us

नेपाली सेना अन्र्तगत घोराहीको रिपुमर्दन दल गणको सम्पुर्ण व्यवस्थापनमा सञ्चालन भएको कार्यक्रम अन्र्तगत विद्यालयका ३६ जना विद्यार्थीहरुले ७९ दिन सम्म तालिम लिएका थिए । सो तालिम पश्चात बार्षिक कार्यक्रमका लागि नवलपरासीको नवलपुर नगरपालिका हात्तिखोरमा २१ दिनको तालिम लिएका थिए । तालिम पछि भएका विभिन्न कार्यक्रमहरुमा पद्मोदय पब्लीक नमुना माध्यमिक विद्यालयका विद्यार्थीहरुले उत्कृष्ठता हासिल गरेका थिए ।

विद्यालयले बेष्ट प्लाटुनको उपाधी हासिल गरेर ६ शिल्ड र सम्मान प्राप्त गरेको छ । साथै नृत्य र छात्र फुटवल प्रतियोगितामा प्रथम, छात्रा भलिवल प्रतियोगीतामा द्धितिय र छात्र प्रतियोगितामा द्धितिय स्थान हासिल गरेर यो वर्ष विद्यालयले राष्ट्रिय कृतिमान हासिल गरेको हो । यहि पुस १५ गते कार्यक्रम गरेर विद्यालयलाई नेपाली सेनाका बलाधिकृत रथी हेमन्तराज कुँवरले पुस्कार प्रदान गर्नुभएको प्रधानाध्यापक डा. डिसीले बताउनुभयो ।

विद्यालयले पत्रकार सम्मेलन कार्यक्रम गरेर पुरस्कार सार्वजनिक गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिपेन्द्रबहादुर घर्तिको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ दाङका अधयक्ष सविन प्रियासनको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक डा. डिसीले राष्ट्रिय सेवा दल कार्यक्रम विद्यार्थीहरुको सर्वाङगीण विकास गर्नका लागि अति नै महत्वपुर्ण रहेको बताउनुभयो ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथी पत्रकार महासंघका अध्यक्ष सविन प्रियासनले विद्यार्थीहरुको यो क्षमताले दाङको महिमा उज्जल बनाएकोमा खुशी ब्यक्त गर्नुभयो । विद्यार्थीहरुको भविष्य निर्माणका लागि विद्यालयले गरेको यो व्यवस्थापनको उच्च मुल्यांकन हुनुपर्ने उहाको भनाई रहेको थियो । कार्यक्रममा घोराही उपमहानगरपालिका वडा नं. १५ का अध्यक्ष रमेशकुमार पाण्डेयले विद्यालयको पाठ्यक्रमको भरमा मात्रै विद्यार्थीहरुको विकास सम्भव नभएकाले विद्यालयले अतिरिक्त क्रियाकलाप गराउनु अपरिहार्य रहेको बताउनुभयो ।

कार्यक्रममा राष्ट्रिय सेवा दलको कार्यक्रममा सहभागी विद्यार्थी सेजल थापाले आफ्नो अनुभव प्रस्तुत गर्नुभएको थियो । कार्यक्रमको सहजीकरण विद्यालयका शिक्षक निशान्त आचार्यले गर्नुभएको थियो ।

Advertise with us