वडा सरकार भरतमणिअर्याल

घोराहीउपमहानगपालिका, वडा अध्यक्ष वडा नम्वर १८
प्रस्तुती रीता लामा

पुर्वाधारः
अहिले हाम्रो वडामा धेरै पुर्वाधार निर्माणको काम भैरहेको छ । घोराहीको अन्य वडाको तुलनामा अलि विकट पनिभएको हुदाँ हामीले पुर्वाधार निर्माणको कामलाई प्राथमिकतामा राखेका छौ ।

प्रदेश र संघिय सरकारको बजेट आएको छ । प्रदेश सरकार कै बजेट अन्तरगत रानी जरुवा देखि फुर्सेखानी ठिगेपानीको पुराना बाटो स्तर उन्नतिको काम भैरहेको छ । उक्तबाटोलाई हामीले मदनभण्डारी राजमार्गसँग जोड्ने प्रयासमा गरिरहेका छौ । यस्तै फुर्सेखाली गिठेपानीबाट हात्तिखर्क जोड्ने सडकलाई पनि प्रदेश सरकारबाट बजेट आएको छ । ढोडेनीको गुम्वाहुदै जानेबाट समेत कालोपत्र गर्दैछौ ।


पर्यटन :
साविकको घोराही वडा नम्वर ५मा पर्ने मदेवा देखि अम्वापुरजोड्नको लागि पनि नाला बनाउने काम भैरहेको छ । रझेना, मसिना, सैघा, स्वर्गद्धारी जोड्नेबाट पनि बनिरहेको छ । तर त्यो बाटोको बीचमा पर्ने करिव ५०० मिटर बाटो भने अलपत्र परेको छ । ठेकेदारको लापरवाहीले गर्दा त्यो बाटो अलपत्र परेको हो । अवत्यो बाटोलाई पुर्णतादिनको लागि ठेकेदारबाट ठेक्काखोसेर फेरी निर्माणको कामहुने छ ।

यस्तै पर्यटन विकासको लागिपनि घोरदौरा, ढोडेनीको गुम्वा, मसिनाको कालिका देविमन्दिर, अम्विकेश्वरी मन्दिरलाई पनि बजेट परेको छ । पहिलो चरणमा प्रदेश सरकारबाट घोराही बजार देखिने घोराही नजिकको पहाडी गाउँ घोरदौराको प्राचिन भुइयर थानमन्दिर निर्माणको लागि प्रदेश सरकारबाट ५ करोड बजेट आएको छ । हामीले घोरदौरालाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्ने प्रयास गरेका छौ ।

मसिनाको कालिका देविमन्दिर निर्माण सम्पन्न भैरहेको छ भने अम्विकेश्वरी मन्दिर निर्माणको चरणमा छ । दुवै मन्दिरमा पुरातत्व विभागबाट रकम आएको छ । यस्तै जिल्लाको प्राचिन एवम् ऐतिहासिक क्षेत्र झिङ्टी कोटसम्म पुग्नेबाटो समय हामीले निर्माण गर्न लागेका छौ । प्राचिन, राजनैतिक ऐतिहास बोकेको झिङ्टीकोट अहिलेसम्म पछाडी परेको हुदात्यो क्षेत्रमा हामीले आधारभुत विकास पुर्याउने सोच बनाएर काम थालनी गरेका छौ ।


पछिल्लो समय निकै चर्चामा रहेको घोराही १८को माथिल्लो मसिना, दिपज्वती टोलमा रहेको नागेश्वर मन्दिर नयाँभएको कारण त्यहाँ पुरातत्व विभागबाट रकम आउन सकेन । त्यसकारण त्यो मन्दिरको स्तर उन्नतीको लागि वडाले बजेट दिनलागेको छ । उपमहानगरपालिको रकमबाटै नागेश्वर मन्दिरमा थप पुर्वाधार निर्माण गर्ने सोच बनाएका छौ ।

शिक्षाः
पछिल्लो समय विद्यार्थीको संख्याको आधारमा सामुदायिक विद्यालयको अवस्था नाजुकबन्दै गैरहेको छ । हामीले हाम्रो वडामा रहेका सामुदायिक विद्यालयको अवस्था सुधारको प्रयास थालेका छौ । विशेषगरी गिठेपानी र मसिनामा रहेको आधारभुत विद्यालयमा विद्यार्थीको न्युन सहभागिता छ । त्यस विद्यालयको अवस्था सुरधार गरे त्यहाँ बालशिक्षा संचालनगर्ने सोच बनाएका छौ । विद्यालयको ल्याप्स गर्ने वा मन्टेश्वरीमा चलाउने भनेर छलफल भैरहेको छ । आउने शैक्षिक सत्र देखि अंग्रेजी माध्यमबाट पढाउने सोच बनाएका छौ । रझेनामा ध्यामिक विद्यालयमा गजवसँग पढाई भैरहेको छ ।

यस बर्ष हामीले हात्तिखर्क लगायतका केही विकट क्षेत्रका क्षेत्रमा खेलकुद सामाग्री वितरण गरेका छौ । विद्यालयलाई थप व्यवस्थित बनाउनको लागि विद्यालय हाताभित्र पुस्तकालय संचालनगर्ने, सोच बनाउका छौ ।

कृषीः
गतबर्ष वडाले वडाको विकट क्षेत्र हात्तिखर्क, गिठेपानी, फुर्सेखाली, माथिल्लो मसिना लगायतका गाउँहरुमा ५ हजार कागतीको विरुवा वितरण गरेको थियौ । यसबर्ष पनि सोही क्षेत्रका कृषकहरुलाई १ हजार विरुवा वितरण गरियो । चालु आर्थिक बर्षमा हात्तिखर्कलाई व्यथितगर्ने गरी कार्ययोजना समेत निर्माण गर्दै छौ ।

घोरदौरा र हात्तिखर्कको स्वास्थ्य चौकीलाई थप सेवाविस्तार गर्ने तयारी रहेका छ । स्वास्थ्य उपचारको पँहुचबाट टाढा रहेकाहरुलाई निशुल्क औषधी उपचारको व्यवस्था सहितपटक पटक स्वास्थ्यशिविर,आँखाशिविर, जेष्ठ नागकिरलाई निशुल्क सेवा लगायतका कार्यक्रम पनि गरिरहेका छौ ।