विभिन्न वडाहरुमा च्याउ खेती तालिम


शिवु खनाल
देउखुरी, १३ पुस | लमही नगरपालिकाले नगर भित्र रहेका विभिन्न वडाहरुमा च्याउ खेती तालिमको सञ्चालन गरेको छ । पछिल्लो समय कृषकहरुलाई व्यवासायिकरण बनाउने उद्देश्यले नगरका विभिन्न वडाहरुमा च्याउ खेती तालिमाको आयोजना गरेको हो । लमही नगरपालिका क्षेत्र भित्र रहेका कृषकहरुलाई च्याउ खेतीमा दक्ष कृषक बनाउनको लागि विभिन्न तालिमहरुको आयोजना गरेको छ ।

Advertise with us

Buddha International Hospital

लमही नगरपालिका क्षेत्रमा खासगरि गा.वि.स, र गरि तिन भागमा विभाजन गरि लमही नगरपालिका वडा नम्बर एक, दुई र तिन सा.वि.क सोनपुर, चार, पाँच र छ चैलाही गा.वि.स र सात, आठ गरि सतबरीया गा.वि.स मा च्याउ खेतीको तालिमहरु सञ्चालन गरेको लमही नगरपालिका कृषि विकास शाखाले जानकारी दिएको छ । लमही नगरपालिका कृषि विकास शाखाले च्याउ खेती प्रविधि दुई दिने स्थलगत तालिम सञ्चालन गरेदेखि कृषकहरु तालिमुखी बनेका छन् ।


तालिममा सहभागि पनि भए, च्याउ खेती प्रविधि दुई दिने स्थलगत तालिमबाट धेरै कुराहरु सिक्ने अवसर पनि मिल्यो, तालिममा सहभागि रमा चौधरीले भन्नुभयो । चौधरीले आफु यो भन्दा अघि च्याउ खेतीको तालिममा सहभागी नभएको बताउदैँ, नगरपालिकाले कृषकलाई व्यावसायिकरण बनाउँदै आएको छ भन्दै, जनप्रतिनिधि आईकसे पछि कृषकहरुलाई तालिममुखी बनाउने यो राम्रो पक्ष रहेको बताउनुभयो ।


यस्तै लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले नयाँ च्याउ खेतीको उत्पादन गराउन र कृषकहरुलाई तालिममुखी बनाउने लक्ष्य रहेको भन्दै तालिममा सहभागि कृषकहरुलाई तालिम गरिसके पछि परिणाम आउने गरि तालिम लिन कृषकहरुलाई आगैह गर्नुभयो । कृषकहरुका लागि राम्रो आयआर्जको माध्यम रहेको बताउदै, आगामि दिनहरुमा पनि कृषकहरुका लागि विभिन्न तालिमहरुको सञ्चालन गरिने केसीले बताउनुभयो । आफ्नो पेशामा दक्ष बन्न पर्छ, ।

तालिमको प्रशिक्षकमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोनका बरिष्ठ बालि संरक्षण अधिकृत पिताम्बर बस्नेत र लमही नगरपालिका कृषि प्राविधिक गंगा चौधरी रहनु भएको छ । तालिमको सहजिकरण पत्रकार प्रिया स्मृती गजमेरले गर्नु भएको थियो ।।