लमहीमा माघ दुई गते देखि देउखुरी मोहत्सव सञ्चालन हुने


शिवु खनाल
देउखुरी, १७  | माघ २ गते देखि १४ गते सम्म देउखुरीको लमहीमा आयोजना गरिएको महोत्सवको उद्घाटन गर्न प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई निमन्त्रणा गरिएको छ ।

Advertise with us

Buddha International Hospital

महोत्सव आयोजक देउखुरी उद्योग बाणिज्य संघका अध्यक्ष रत्नप्रसाद श्रेष्ठ, कोषाध्यक्ष केशव घिमिरे, बाणिज्य संघका कानुनी सल्लाहकार सहित नेपाल उद्योग बाणिज्य महासंघका प्रदेश ५ का उपाध्यक्ष हेमराज बञ्जाडे, दाङ उद्योग बाणिज्य संघका पुर्व उपाध्यक्ष खड्ग बुढाथोकी सहितको टोलिले मुख्यमन्त्री पोखरेललाई भेटेर महोत्सव उद्घाटन गर्न निमन्त्रणा गरिएको छ ।


मिनि सिटि हल निर्माण गर्ने उदेश्यले आयोजना गर्न थालिएको महोत्सवको प्रचार प्रसार व्यापक बनाइएको उद्योग बाणिज्य संघका कोषाध्यक्ष केशव घिमिरेले जानकारी दिए । महोत्सवमा ३ सय बढि स्टल राखिने छ । स्थानीय तथा राष्ट्रिय स्तरका कलाकारले प्रस्तुति राख्ने कार्यक्रम रहेको सांस्कृतिक उप समितिका संयोजक तथा उद्योग बाणिज्य संघका उपाध्यक्ष खगेश्वर खनालले बताए ।।

Advertise with us