शिक्षणमा मेहनत गर्न नगर प्रमुखको आग्रह

Advertise with us

घोराही, २९ कात्तिक । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले जिम्मेवारीमा इमान्दारीता आवश्यक भएको भन्दै शिक्षण पेसामा मेहनती बन्न शिक्षकहरुलाई आग्रह गरेका छन ।

Buddha International Hospital


Advertise with us
जिम्मेवारी अनुसार मेहनत र लगनशिलता नभएकै कारण शिक्षा क्षेत्रको गुणस्तरीयतामा प्रश्न चिन्ह उठेको भन्दै नगर प्रमुख चौधरीले शिक्षकहरुलाई इमान्दारी ढंगले भुमिका निर्वाह गर्न निर्देशन दिएका हुन ।


रझेना स्रोत केन्द्रले प्रश्न पत्र निर्माण सम्बन्धी आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले कस्तो व्यक्ति उत्पादन गर्ने भन्ने जिम्मा शिक्षकको भएको बताए । इमान्दारी ढंगबाट पढाउने र सैयौ अभिभाबकका बालबालिकाको जिम्मा शिक्षकलाई भएको भन्दै उनले गुणस्तरीय शिक्षण सिकाईमा ध्यान दिन आग्रह गरे ।

रझेना स्रोत केन्द्र व्यवस्थापन समितिका अध्यक्ष जीवन गौतमको अध्यक्षतामा भएको कार्यक्रममा नगर प्रमुख चौधरीले स्तरीय प्रश्न पत्र तयार गर्नुपूर्ब शिक्षकलाई पढाईलाई पनि स्तरीय बनाउन आवश्यक हुनेमा जोड दिए । कार्यक्रममा शिक्षकहरुलाई प्रश्न पत्र निर्माण गर्दा ध्यान पुराउनु पर्ने बिषयमा प्रशिक्षण दिईएको थियो । महाशाखाका विद्यालय निरिक्षक नारायण पौडेलको स्वागत मन्तव्यबाट सुरुभएको कार्यक्रममा रझेना स्रोत केन्द्रका ४२ वटा विद्यालयका प्रधानाध्यापकहरुको सहभागिता रहेको छ ।

शिक्षकहरुलाई प्रश्न पत्र बनाउने र शैक्षिक गुणस्तर बृद्धी गर्ने बिषयमा महाशाखा प्रमुख श्रीप्रसाद भटराईले प्रशिक्षण दिएका थिए । कार्यक्रमको सहजिकरण स्रोत केन्द्रका स्रोत व्यक्ती रामप्रसाद जैशीले गरेका थिए ।