बोन म्यारो पीडितलाई आर्थिक संकलन अभियान


घोराही, १७ पुस । नेपाल मगर संघले घोराहीका बोन म्यारो पीडित पे्रमबहादुर पुनलाई आर्थिक संकलन अभियान थालेको छ । संघका अध्यक्ष खड्कप्रसाद बुढाको संयोजकत्वमा मगर महिला संघ, मगर युवा संघ, मगर विद्यार्थी संघ, मगर सांस्कृतिकसँग लगायतकाहरुको सहभागितामा सात सदस्यीय समिती गठन गरि अभियान थालिएको हो ।


Advertise with us
जस अन्र्तगत विभिन्न व्यक्तिबाट आर्थिक संकलन गरि मगर संघ दाङले बुधवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरि पीडित पुनलाई १५ हजार ५०० रुपैया सहयोग गरेको छ । त्यस्तै दलजी रोकामगरले ५ हजार ५०, शिलतलाल बुढामगरले २१००, दर्शन साइबरले ५ हजार, मुक्त बुढाले ५ हजार ५ सहयोग गरेका थिए ।

Buddha International Hospital


मगरसंघले बोन म्यारो पीडित पुनलाई सहयोगको लागि आर्थिक अभियान अन्र्तगत उक्त रकम हस्तान्तरण गरेको जनाएको छ । घोराही ७का २९ बर्षिया पुनको हालसम्म उपचारको क्रममा ८ लाख रुपैया खर्च लागिसकेको बताएका छन ।

काठमान्डौको टिचिङ हस्पिटलमा उपचार गराइरहेका उनलाई सबै बोन म्यारो परिवर्तनको लागि करिव ४० लाख खर्च लाग्ने डाक्टरले बताएका छन । पीडित पुनको श्रीमती एक छोरा र दुइ छोरी छन ।

Advertise with us