उद्योग क्षेत्रका अब्बल बुढाथोकी

 

Buddha International Hospital

दङालीहरुका लागि परिचित नाम हो खड्गबहादुर बुढाथोकी । युवा अवस्थामा नै जिल्लाका सबै जसो सामाजिक, व्यवसायीक क्षेत्रमा अगुवा नामका रुपमा स्थापित बुढाथोकीको नेतृत्वमा दाङमा विभिन्न खालका उद्योग व्यवसायी सञ्चालनमा छन् ।

Advertise with us

उहाँ दाङ जिल्ला उद्योग वाणिज्य संघको निवर्तमान उद्योग उपाध्यक्ष पनि हुनुहुन्छ । सबैसँग मिल्न सक्ने भएकाले पनि उहाँ सबैको प्रिय हुनुहुन्छ । जसले गर्दा जिल्लाका सबै जसो कार्यक्रमहरुमा उहाँको खोजी हुने गर्दछ । उहाँले घोराही क्षेत्रमा भएका ठूला महोत्सबहरुमा उहाँले जिम्मेवार ढंगबाट महत्वपूर्ण पाटो सम्हालि सक्नु भएको छ ।

दाङ जिल्ला उद्योग वाणिज्य संघले स्वर्गद्धारी जानका लागि बाटो बनाउन लगाएको महायज्ञ होस्, वा विश्वका विभिन्न देशहरुका साँस्कृतिक प्रदर्शनीका लागि लगाइएको साँस्कृतिक महोत्स होस्, या घोराहीमा वहुउद्देश्यीय सभाहल निर्माणका लागि होस् वा दाङलाई राजधानी बनाउने अभियान नै किन नहोस्, बुढाथोकी जिम्मेवारीका साथ लाग्नु भएको छ । उहाँको कुशल नेतृत्वदायी क्षमताकै कारण बुढाथोकीलाई सबैले रुचाउँछन् ।

संस्थागतरुपमा बुढाथोकी राप्ती अञ्चल सार्बजनिक बस व्यवसायी समिति, दाङ निर्माण व्यवसायी संघ, स्वर्गद्धारी टिप्पर व्यवसायी समितिको सल्लाहकारमा रहेर पनि काम गर्नुभएको छ । यसैगरी बुढाथोकीले राप्ती अञ्चल लिकर्श एशोशियसनको पूर्व अध्यक्ष, श्री लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको पूर्व अध्यक्ष भएर दुबै संस्थालाई प्रगतिको रहर लाग्दो उचाईमा समेत पु¥याएको अनुभव छ ।

बुढाथोकीको बारेमा चर्चा गर्दा यतिले मात्र पुग्दैन । उहाँ सामाजिक संघसंस्थाहरुमा मात्र नभएर जिल्लाको आर्थिक विकासका लागि उद्योग र वैंकिङ क्षेत्रबाट पनि अगाडि बढ्नु भएको छ । विभिन्न जटिल परिस्थितिका बाबजुत राप्ती अञ्चलमै पहिलो पटिक खोलिएको राप्ती ग्याँस उद्योगको म्यानेजिङ डाइरेक्टरका रुपमा हाल उहाँले जनतालाई भरपर्दो र सहजरुपमा ग्याँस समेत आपूर्ती गरिरहनुभएको छ । नाका बन्दीको समयमा यो क्षेत्रमा राप्ती ग्याँस उद्योगले सहजरुपमा सबैलाई ग्याँस पु¥याएको थियो ।

बुढाथोकीले घोराही न्यूरोडमा तपस्या टे«डर्स र शाही टे«डर्स पनि सञ्चालन गर्नु भएको छ । जसबाट विभिन्न किसिमका व्यवसायहरु सञ्चालनमा छन् । बुढाथोकीको काठमाडौमा तपस्या टे«डर्सबाट पेट्रोल पम्प पनि सञ्चालन गर्नु भएको छ । कर्म गरेपछि सफलताको बिन्दुमा पुग्न सकिन्छ भन्ने मान्यता राख्ने सफल युवा व्यवसायी खड्ग बुढाथोकीले पछिल्लो समयमा स्वास्थ्य क्षेत्रमा पनि लगानी गर्नु भएको छ । घोराहीमा नेपाल सञ्जीवनी इन्ष्टिच्यूट अफ हेल्थ साइन्स सञ्चालन गरेर नर्सिङ, एचए पढाई सुरु गर्नु भएको छ ।

बुढाथोकी सञ्जीवनी गु्रपका डाइरेक्टर हुनुहुन्छ । घोराही–११ रतनपुरमा बस्दै आउनु भएका बुढाथोकी घरका कान्छा छोरा हुनुहुन्छ । बुबा ढुण्डिराज बुढाथोकी र माता यदादेबी बुढाथोकीका सुपुत्र खड्ग बुढाथोकी यहाँसम्म आउनका लागि उहाँका दाजुहरु श्याम बुढाथोकी र लक्ष्मण बुढाथोकीको प्रेरणाले ठूलो काम गरेको छ । श्रीमती लुना बुढाथोकीको हरदम साथ र छोरी ऋृंखला बुढाथोकीको मायाले काममा लिप्त भइरहेको बताउने युवा व्यवसायी बुढाथोकी भन्नु हुन्छ, ‘आ–आफ्नो क्षेत्रमा सबैले श्रम र मेहनत गर्ने हो भने जिल्ला समृद्ध बन्नेछ ।’ केहि महिना अगाडी उत्कृष्ट व्यावसायीको रुपमा युरोपमा सम्मानित बुढाथोकीको चर्चा अन्र्तराष्ट्रिय तह सम्म पुगेको छ ।

बुढाथोकी दाङमा केन्द्रीय कार्यालय रहेर कुशलतापूर्वक कार्य सञ्चालन गरिरहेको वेष्र्टन डेभलपमेन्ट वैंकको सञ्चालक समितिमा पनि हुनुहुन्छ । कामको शिलशिलामा दर्जन बढि देशहरुमा भ्रमण गर्नु भएका बुढाथोकी कुनै पनि काममा लागेपछि सफलताको बिन्दुमा नपुग्दासम्म थाकेर बस्न नहुने मान्यता राख्नु हुन्छ । बुढाथोकी जोडिनु भएका वा उहाँले नेतृत्व गर्नु भएको कुनै पनि संस्थाले असफलतामा रुमलिनु परेको छैन ।

गणतन्त्रलाई बधाई र शुभकामना

नेपालमा गणतन्त्र भित्रिए संगसंगै स्थापना भएको गणतन्त्र राष्ट्रिय दैनिक १२ औ वर्षमा प्रबेश गरेको अबसरमा बधाई तथा हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु । यसले नेपाली राजनीति विकासका लागि मोफसलबाट पु¥याउनु पर्ने भुमिका निर्वाह गर्दै आएको छ ।

साथसाथै जिल्लाको सामाजिक, सांस्कृतिक तथा आर्थिक विकासका लागि समेत सुचनाको माध्यमबाट ठुलो योगदान पु¥याएको महसुस हामीलाई भएको छ । जिल्लाको औद्योगिक विकासमा धेरै अवसर र चुनौतीहरु छन् । ति सम्भावनाहरुलाई कसरी आम जनताको माझमा ल्याउन सकिन्छ भन्ने अहिलेको प्रश्न हो । त्यस क्षेत्रमा यहाहरुले ठुलो भुमिका खेल्न जरुरी छ ।

र आगामी दिनहरुमा पनि समग्र जिल्लाको विकासका लागि कहाँ कसरी भुमिका खेल्नु पर्छ भन्ने सवालमा सचेत बनाउने र सुचना सम्प्रेषण गर्न जागरुक र जुझारु रुपमा अगाडी बढ्नका लागि हार्दिक शुभकामना ब्यक्त गर्न चाहन्छु ।

Advertise with us