साहित्यले समाजलाई सहिमार्गमा डाेर्याउछ : नगर प्रमुख केसी

देउखुरी मंसिर ८  | लमही नगरपालिकाका प्रमुख कुल बहादुर केसिले समाजरुपान्तरण गर्दै समाजमा सकारात्मक परिर्बतन ल्याउन साहित्यको महत्वपुर्ण भुमिका हुने बताएका छन् । साहित्यले समाजलाई सहिमार्गमा डो¥याउन उत्प्रेरित गर्ने भएकोले त्यसका लागी पठन सस्कृतिको बिकाश गर्न जरुरी रहेको केसीले बताएका हुन् ।

राष्ट्र राष्ट्रियता र स्वाभिमान नया सस्करण हाम्रो अभियान भन्ने उद्घोषका साथ बिरभक्ती थापा स्मृति प्रतिष्ठानद्धारा प्रथम पटक प्रकाशित त्रैमासिक पुस्तकको बिमोचनको क्रममा बोल्दै मेयर केसिले यस्तो बताएका हुन् । भक्ती थापा स्मृति प्रतिष्ठानका अध्यक्ष निम बहादुर थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पुस्तकको समिक्षा गर्दे शिक्षा क्षेत्रका जानकार तथा प्रतिष्ठानका सल्लाहकार जागेश्वर शर्मा घिमिरेले पुस्तकमा प्रकाशित लेख रचना र साहित्यिक कृतिहरु समाज सुधार र ईतिहास जान्नका लागी उपयोगि भएको बताएका छन् ।

प्रतिष्ठानका उपाध्यक्ष लिला शाहको स्वागत मन्तब्यबाट शुरु भएको कार्यक्रममा कार्यक्रमका बिशिष्ट अतिथि पोखरा साहित्यिक सगम पाल्पाका निर्बतमान अध्यक्ष गंगानाथ कोईराला , साहित्यकार हरि पोख्रेल, सामुदायिक रेडियो प्रसारक सघ प्रदेश नम्बर ५ का अध्यक्ष केपि घिमिरे, साहित्यकार तथा पत्रकार छबिलाल कोपिला , लगाएतले शुभकामना मन्तब्य ब्यक्त गरेका थिए । कार्यक्रमको सचालान सचिब हरि बहादुर थापाले गरेका थिए ।