कविता : म पहाड उठाईरहेछु

पुष्पा केसी
 मान्नोस् नमान्नोस्
अहिले म पहाड उठाईरहेछु…
धुपको सुगन्धसँग
बानी परेको एउटा पुजारी,
भगवान पुज्न नपाएको झोकमा
सक्काईदियो एउटा साँझ
अत्तरको गन्धसँगै
अनि मान्छेले ऊसको जात बिर्सियो
यता म, आफैलाई बिर्सिएर लागेथे
दुरदराज
अनि फर्किए पुरानै बाटो
र सबैलाई बिर्सिए…
त्यसैले मान्नोस् नमान्नोस्
अहिले म पहाड उठाईरहेछु
किनकी धेरै सजिलो
आफैलाई बिर्सिन…
तर गार्हो रहेछ सारालाई बिर्सिन….
त्यसैले अहिले म पहाड उठाईरहेछु……