कविता : मेरो सार्वभौमिकता र स्वाधिनता

गोविन्द रिजाल(दाङ जिल्ला प्रशासन प्रमुख)

एक चिम्टी नुनको बदलामा, मेरै सगरमाथा मागेपछि,

एक मुठि चामल दिएर, सिँगै लुम्बिनी ताकेपछि,

भो चाहिएन, तिम्रो सहयोग र सदभाव,

किनकी,

मलाई प्यारो छ, मेरो सगरमाथा र लुुुुुुुुुम्बिनी,

तिम्रो सहयोग र सदभाव भन्दा ।।

छिमेकि बनेर पाउ पसारेकै हो, अलिकती साँध पनि सारेकै हो,

छिमेकीको आवरणमा, पुरै कित्तामा आँखा गाडेपछि,

भो चाहिएन, तिम्रो सामिप्य र छिमेकीपन,

किनकी,

मलाई प्यारो छ, मेरो सार्वभौमिकता र स्वाधिनता,

तिम्रो सामिप्य र छिमेकिपन भन्दा ।।

सम्बन्ध त आखिर बराबरीकै हो, बन्धुत्वको नाता गाँसेकै हो,

बन्धुत्वको खोल ओढेर, मेरै कोशी र कर्णाली ताकेपछि, 

चाहिएन, तिम्रो बन्धुत्व र नजिकपन,

किनकी,

मलाई प्यारो छ, मेरो कोशी र कर्णाली,

तिम्रो बन्धुत्व र नजिकपन भन्दा ।।

किनकी,

मलाई प्यारो छ, मेरो सार्वभौमिकता र स्वाधिनता,

तिम्रो सामिप्य र छिमेकिपन भन्दा ।।