कोरिया जाने विद्यार्थी आन्दोलित

दाङ, मंसिर ६ । २०१८ मा रोजगार अनुमति प्रणाली (ईपीएस) भाषा पास गरेका विद्यार्थीहरुले एक वर्ष वितेपनि ईन्सु नभएको भन्दै आन्दोलित भएका छन् । २०१८ मा कृषि व्यवसायमा पास भएका विद्यार्थीहरुको एक वर्षको रोष्टर भ्यालिडिटी डेट (Roster validity date ) सकिदा पनि अझै ५ प्रतिशत विद्यार्थीको ईन्सु हुन नसकेको भन्दै आन्दोलित भएका हुन ।

उनीहरुले अबको ईन्सु मितिमा पूर्ण रुपमा २०१८ मा कृषि व्यवसायमा जाने विद्यार्थीको इन्सु गर्नु पर्ने भन्दै विभिन्न मागसहित ईपीएस कोरिया शाखामा र श्रम तथा रोजगार मन्त्रालयमा आफ्नो माग राखेका छन् ।

विद्यार्थीहरुले ईपीएस पीडित मञ्च गठन गरि आफ्नो माग पुरा गर्न अनुरोध गरेका छन् । इपीएस कोरिया शाखा र श्रममन्त्रालयको लापर्वाहीको कारणले विद्यार्थीको भविश्य अन्योलमा परेको भन्दै आफुहरु आन्दोलमा जानुपरेको पीडित मञ्चका अध्यक्ष धिरज आर सीले. बताउनुभयो ।

अध्यक्ष आर सीको अध्यक्षतामा बुधबार पीडित मञ्चले आफ्नो विभिन्न मागराखि माग पत्र ईपीएस कार्यालय तथा श्रम तथा रोजगार मन्त्रालयमा बुझाएको छ । यदि आफ्नो मागको कुनै सुनाइ नभएमा कडा आन्दोल गर्न बाध्य हुने अध्यक्ष आर सीले बताउनुभयो ।

यस्तो माग
१) २०१८ को कृषि व्यवसायका पासरहरुको ईन्सु प्रकृया नसकिँदासम्म २०१९ का ईपीएस पासरहरुको रोजगार अनुपति पत्र तथा डकुमन्ट सेन्ड गर्ने प्रकृया अगाडि नबढाइयोस् ।

२) अबको नयाँ पहिलो ईन्सु मिति २०२० मा नेपालबाट अधिकतम इन्सु गराइयोस् भने HRD कोरियामा पहल गरियोस् ।

३) २०१८ इपीएस पासरहरुको Roster validating date सकिँदै गएको र अझैपनि पासरहरुको संख्या धरै भएका अबको हुने ईन्सु मितिहरुमा सबै ईन्सु हुने असम्भव दखिएकाले थप मिति जारी गर्न HRD कोरियालाई पहल गरियोस् ।

४) इपीएस सिस्टममा सुधार गरियोस् ।