अजय देवगनको १०० औं चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक(हेर्नुस धमाकेदार भिडियो )

बलिउड अभिनेता अजय देवगनको १०० औं चलचित्र ‘तानाजी’को ट्रेलर सार्वजनिक भएको छ । ३० वर्ष बलिउडमा काम गरेका अजयको ‘तानाजी’ १०० औं चलचित्र हो । तानाजी मालुसरेको जिन्दगीमा आधारित चलचित्र बायोग्राफिकल पिरियड ड्रामा हो ।

‘तानाजी’मा अजयसँगै कजोल, सैफ अलि खान, शरद केल्कर, पन्कज त्रिपाठी, ल्युक केन्को मुख्य भूमिकामा छन् । चलचित्रमा काजोल सावित्री मालुसरेको भूमिकामा छिन् । १२ वर्ष पछाडि अजय र काजोल एकसाथ चलचित्रमा देखिएका हुन् ।

चलचित्रलाई ओम राउतले निर्देशन गरेका छन् । चलचित्र २०२० जनवरी १० मा रिलिज हुनेछ ।