विभिन्न व्यक्ति सम्मानित तथा पुरस्कृत

फोटो ः रीता लामा

Advertise with us

 

Buddha International Hospital

घोराहीबाट प्रकाशन हुदै आइरहको गणतन्त्र राष्ट्रिय दैनिक आज देखि १२ औ बर्षमा प्रवेश गरेको छ । पत्रिकाको स्थापना दिवसको अवसरमा घोराहीमा भव्य कार्यक्रमको आयोजना गरि स्वागत, सम्मान, पुरुस्कार एवम सहयोग प्रदान कार्यक्रम गरेको छ ।

Advertise with us


पत्रिकाका प्रकाशक÷सम्पादक सविन प्रियाशनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश नम्वर पाँचका मुख्यमन्त्री शंखर पोखरेललेले विभिन्न व्यक्तिहरुलाई सम्मान गरेका थिए ।

पत्रिकाले आफनो स्थापना दिवसको अवसरमा दाङ क्षेत्रमा उद्योग, कलकारखाना, व्यवसाय स्थापना गरी यस क्षेत्रलाई समृद्ध र विकसित बनाउन भूमिका खेल्नुका साथै सामाजिक क्षेत्रमा समेत उल्लेख्य योगदान पु¥याएको भन्दै उद्योगी व्यावसायी खड्ग बुढाथोकी, वेष्टर्न डेभलपमेन्ट वैंक लिमिटेड, केन्द्रीय कार्यालय घोराही दाङ, दाङ निर्माण व्यवसायी संघका महासचिव शोकबहादुर रोका, नेपाल कम्युनिष्ट पार्टीका युवा नेता गहेन्द्र बस्नेत र महिला तथा बालबालिका शाखा कार्यालय, बंगलाचुली दाङकी पार्वती रानालाई विशेष सम्मान गरीएको छ ।


यस्तै स्वर्गद्वारी अटोभिल्ला विजनेस ग्रुप प्रा.लि.का प्रबन्ध निर्देशक शुशिल पोख्रेल, राप्ती अञ्चल सार्वजनिक यातायात व्यवसायी समिति घोराही काउन्टर सिफ्टएको प्रशासनिक इन्चार्ज राजु दशौदी, सान फर्निसिङ घोराही दाङका सञ्चालक सनत गिरी, व्यवसायी राजु खान, एभरग्रिन गिफ्ट एण्ड म्युजिकल घोराही दाङका सञ्चालक भोला खनाल (कुलराज), व्यवसायी रविन के.सी.,घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्था, घोराही दाङ, वल्र्डलिंक कम्युनिकेशन, शाखा कार्यालय घोराही दाङ, प्यावसन दाङ र त्रिभुवननगर जेसीज, घोराही दाङलाई सम्मान गरिएको छ ।
गणतन्त्र अनलाईनका सम्पादक दीपक जी.एम., गणतन्त्र राष्ट्रिय दैनिकका कम्प्युटर प्रमुख शैलेश अधिकारी, गणतन्त्र राष्ट्रिय दैनिक, तुलसीपुर शाखा प्रमुख यमकला भुसाल, लमही शाखा प्रमुख शिवु खनाल, तुलसीपुर दाङका वितरक मिनराज गौतम, गणतन्त्र राष्ट्रिय दैनिकका पुर्वकर्मचारी रीता लामा, गणतन्त्र राष्ट्रिय दैनिकका स्तम्भकार नारायण प्रसाद श्रेष्ठ, गणतन्त्र राष्ट्रिय दैनिक प्रबन्धक टोप बहादुर जि.सी., गणतन्त्र राष्ट्रिय दैनिक हितकोषका कोयााध्यक्ष निशा कर्ण, नेपाल पत्रकार महासंघ दाङका सदस्य लिलाधर वलीलाई पुरस्कार सहित सम्मान पत्र प्रदान गरिएको छ ।
यसैगरि निर्माण व्यवसायी महासंघ प्रदेश नं. ५ का अध्यक्ष बलिभद्र राना, सदस्य बिमलमान श्रेष्ठ, दीपक श्रेष्ठ, रमेश कुमार पाण्डे (आर.के.), बामदेव रेग्मी, र दाङ देउखुरी इट्टा व्यवसायी समितिका अध्यक्ष रोम वली निर्वाचित हुनुभएकोमा सफल कार्यकालको शुभकामना सहित अभिनन्दन पत्रले सम्मानित गरिएको छ । साथै कार्यक्रममा प्याब्सन दाङको नयाँ नेतृत्व, नेपाल फोटोग्राफर एशोसिएशनको प्रदेशमा दाङकाट निर्वाचित पदाधिकारी र त्रिभुवननगर जेसिजको नयाँ नेतृत्वलाई सम्मान गरिएको थियो ।

 

फोटो ः रीता लामा