शान्ति सुरक्षामा सबैको दायित्व

Advertise with us

दाङ, पुस १५ । जिल्ला प्रहरी कार्यालय दाङले सार्वजनिक सुनुवाई गरेको छ । जिल्लाको शान्ति सुरक्षा, अपराध नियन्त्रण, ट्राफिक दुर्घटना र समग्र विकास निर्माणका विषयमा सार्वजनिक सुनुवाई गरिएको हो ।

Buddha International Hospital

Advertise with us

कार्यक्रममा घोराही उपमहानगरपालिकाको उपमेयर सिता सिग्देल न्यौपाने, प्रहरी उपरिक्षक बेलबहादुर पाण्डे, जिल्ला प्रशासन कार्यालयका प्रशासकिय अधिकृत यज्ञबहादुर बुढा, घोराही उपमहानगरपालिका वडा नं. १४ का अध्यक्ष शक्तिराम डाँगी, वडा नं. १५ का अध्यक्ष रमेश पाण्डे, दाङ जिल्ला उद्योग बाणिज्य संघका अध्यक्ष नारायण भुषाल, नागरिक समाज दाङका संयोजक चन्द्रराज पन्तले कार्यक्रममा उठेका सवालहरुमा जवाफ दिनु भएको थियो ।

कार्यक्रममा दाङमा भैरहेको भनिएको गोरु तस्करीको समयमा पत्रकार तथा सर्वसाधारणहरु माथि भएको प्रहरीको दुब्र्यबहार, ट्राफिक दुर्घटना, होलट व्यावसाय सञ्चालनमा प्रहरीको भुमिका, बजार व्यवस्थापनमा आईपरेका चुनौतीहरुको विषयमा प्रश्नहरु उठेका थिए ।

घोराही बजारमा घरेलु रुपमा उत्पादन भैरहेको मदिरा नियन्त्रण हुन नसकेको, बजारमा गुणस्तरहिन खाद्यन्न बस्तुहरु रहेको, फोहोर व्यवस्थापन नभएको लगाएतका प्रश्नहरु माथी जिम्मेवार निकायहरुले जवाफ दिएका थिए ।

कार्यक्रमका बक्ताहरुले एउटा निकायले मात्रै सामाजिक परिवर्तन गर्न नसक्ने भएकाले सम्पुर्ण निकायहरुले आआफ्नो भुमिका निर्वाह गर्नुपर्ने बताए । घोराही वडा प्रहरी कार्यालयका शशिधर शर्माले स्वागत गर्नुभएको कार्यक्रमको सहजीकरण बास दाङ शाखाका अध्यक्ष नवीन अभिलाषीले गर्नुभएको थियो ।