दङ्गीशरण गाँउ पालिकामा सार्वजनीक सुनुवाई

दिप्तीशिखा चौधरी

Buddha International Hospital

दङ्गीशरण गाँउ पालिकाको शान्ती शुरक्षा मजबुत बनाउनु पर्ने एक कार्यक्रममा बोल्ने बक्ताहरुले बताएका छन् । इलाका प्रहरी कार्यालयमा मेनपावरमा कमी भएकाले बिभीन्न घटना घट्ने गरेको भन्दै शान्ती शुरक्षा फितलो भएको उनीहरुको भनाई थियो । यातायातको साधनमा कमी र शुरक्षाकर्मीहरुको जनशक्ती निकै नै कम भएका कारण समयमा प्रहरी घटना स्थलमा पुग्न नसकेको उनीहरुले गुनासो गरेका थिए । इलाका प्रहरी कार्यालय हेकुलीले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्र्तगत आयोजना गरेको सार्वजनीक सुनुवाई कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो बताएका थिए । साथै उनीहरुले लागु पदार्थ दब्र्यसनीका लागि बिधालय,टोल स्तरीय कार्यक्रम गर्नुपर्ने,गाउँघरमा उत्पान गर्ने जाँड रक्सीलाई नियन्त्रण गर्न गाँउ तथा टोलमा प्रहरीले छापा मार्नुपर्ने , बिधार्थीहरुको लागि लागु पदार्थ दुब्र्यसनी सम्बन्धि कार्यक्रम संचालन गर्नुपर्ने, महिला हिंसा ब्याप्त रुपमा हुने गरेकाले प्रहरीले अभियान चलाएर दोशीलाई कानुनी प्रक्रीयामा ल्याउनुपर्ने,जुवा तास देखी लिएर चाडपर्वमा हुने अनैतीक क्रियाकलापलाई रोक्न शुरक्षा निकायले बाक्लो रुपमा गस्ती गर्नुपर्ने,यूवाहरुका लागि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने, बिभीन्न खाले घटनालाई कम गर्न कार्वाहि प्रक्रीयालाई अगाडि बढाउनुपर्ने ,घटना हुने स्थानमा निगरानी गर्नुपर्ने आवश्यक रहेको उनीहरुको भनाई थियो । गाँउ पालिका वडा न. ४ का अध्यक्ष नेव बहादुर कवँर, वडा न. ३ कार्यापालीका सदस्य दिल कुमारी बि.क, वडा न.६ का महिला सदस्य हिरा चौधरी ,अङ्गी चौधरी, बिरेन्द्र मा.वी. हेकुलीका प्रद्यानअध्यापक खिमराज खनाल, किरण यौगी, नेत्र न्यौपाने, खड्कबिर चौधरी, पार्वता अधिकारी,बिधार्थी कोमल वली लगाएतले आ आफनो धारणा राखेका थिए । जनगुनासो पछि प्रहरी निरीक्षक एव समितकिा सह सयोजक भिम बहादुर कार्कीले जनता र सुरक्षा निकायबिचको सम्बन्धलाई नजीक बनाउन प्रहरीले समुदाय प्रहरी साझेदारी कार्यक्रम ल्याएको बताएका थिए । उनले स्थानीय तह,समुदाय, सामाजीक सस्था,बिधालय गरी चार तहमा गठन भएको यो अभियानले समाजमा जनचेतना जगाउने र कार्बाहि पक्रीया बाट काम गर्न सकिने भएकाले यस्तो कार्यक्रम संचालन गरेको बताएउदै यसका लागि समाजमा हुने जुनसुकै घटना न्यूनीकरण गर्न जनताले प्रहरीलाई साथ दिनुपर्ने बताए । राम्रो समुदाय निर्माणका लागि प्रहरीको एक्लो प्रयासले केहि नहुने भन्दै जनताको साथ र सहयोगबाट हरेक समस्याको समाधान हुने बताए । यसका साथै उनले गैरकानुनी रुपमा गर्ने काम बाहेक सबै प्रक्रीया प्रहरीले अगाडि बढाउने प्रतीबद्धता ब्यक्त गरे । कार्यक्रममा गाँउपालिकाका अध्यक्ष तथा समितिका संयोजक भागीराम चौधरीले गाँउपालीकामा हुने घटनालाई कम गर्न सबै निकाय बाट लाग्नु पर्ने बताए । समाजलाई सुधार्ने बिषयमा प्रहरीले मात्र नभएर समुदायका हरेक प्रतीनिधीको भूमीका आबश्यक रहने उनको भनाई थियो , गाँउपालिकाको बिकाश निर्माण सगैं जनता र सुरक्षा बिचको सम्बन्ध नजीक बनाउन प्रहरीले समुदाय प्रहरी साझेदायी कार्यक्रम संचालन गरेको भन्दै अबका दिनमा समृद्ध गाँउपालिका बनाउन सबै हातेमालो गर्न आबशयक रहेको उनको भनाई थियो । यस्तै गाउँपालिकाका उपाध्यक्ष एंव समितिका सह–सयोंजक पिमा कुमारी खड्काले प्रहरीले गाँउ तथा टोलमा गस्ती बढाउँदा गाउँ टोलमा हुने जुनसुकै घटनामा कमी आउने बताएकि थिईन । गाँउ पालिकाभित्र हुने कुनै पनि घटनालाई कम गर्न प्रहरी संगको साझेदारीको आबश्यक हुने उनको ठहर थियो । सार्वजनीक सुनुवाई कार्यक्रमको सहजीकरण प्रहरी नायव निरीक्षक कृष्ण बहादुर पुजाराले गरेका थिए ।

Advertise with us