मेयर जेलबाट छुटेको खुशीयालीमा रौतहटमा आज सार्वजनिक विदा

हत्या अभियोगमा पक्राउ परेका मेयर जेलबाट छुटेपछि आज आइतबार सार्वजनिक विदा हुने भएको छ ।

मेयर शियाराम कुशवाहा जेलबाट छुटेर रौतहट पुगेपछि कटहरिया नगरपालिकाले आइतबार नगरको सबै वडा कार्यालय र विद्यालयमा विदा दिएको हो । शनिबार उनी हेलिकोप्टर चढेर रौतहट पुगेका थिए । कुशवाहले सबै वडा कार्यालय र नगरका विद्यालयमा आज (आइतबार) सार्वजनिक विदा दिने निर्णय गरेका हुन् ।

Blog Post Ad

Blog Post Ad

नगर प्रमुख श्री सियाराम प्रशासद कुशवाहा अदालतनको फैसलाबाट सफाई पाई निर्दोष सावित भएको खुसीयालीमा आइतबार विदा रहने भन्ने सूचना गरपालिकाद्धारा प्रकाशित गरिएको छ ।

उच्च अदालत जनकपुरको वीरगञ्ज इजलासले विश्व हिन्दु महासंघका तत्कालीन अध्यक्ष काशीनाथ तिवारीको हत्या अभियोगमा २५ फागुन २०७४ कुशवाहालाई सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *