राप्ती सहकारीको आयव्यय साडे दुई अर्व

दाङ, पुस  । राप्ती बचन तथा ऋण सहकारी संस्था लिमिटेड घोराहीले २१ औँ बार्षिकोत्सव सम्पन्न गरेको छ । घोराहीमा एक कार्यक्रमको आयोजना गरेर सहकारीले २१ औ बार्षिकोत्सव मनाएको हो ।

Buddha International Hospital

Advertise with us

कार्यक्रमको अबसरमा सम्मान तथा पुरस्कार वितरण, प्रतिबेदन प्रस्तुत तथा शुभकामना आदानप्रदान गरेको छ । सस्थाका अध्यक्ष भरतबहादुर बुढाथोकीको अध्यक्षता तथा समाजसेवि ओमभक्त बुढाथोकीको प्रमुख आतिथ्यता र राष्ट्रिय सभा सदस्य अनिता देबकोटाको विशिष्ठ आतिथ्यतामा कार्यक्रम भएको हो ।

सस्थाका सचिव रामबहादुर कुँवरले गतिविधिहरु प्रस्तुत गर्नुभएको थियो । उहाले गतआर्थिक वर्षको अन्त्यसम्म ४ करोड ९४ हजार ३ सय शेयर रकम रहेको बताउनुभयो । सस्थाले निर्माण गर्न थालेको बहुउदेश्यीय भवनका लागि अहिले सम्म ३ करोड, ३२ लाख ३१ हजार रुपैया खर्च भैरहेको र भवन सम्पन्न गर्नका लागि अझै ३ करोड रुपैया लाग्ने उहाले बताउनुभयो । अहिले सस्थामा ४ हजार ८७ महिला र ४ हजार ४ सय ५७ पुरुष गरी ८ हजार ५ सय ४४ जना शेयरधनी रहेको सचिव कुँवरले बताउनुभयो ।

यस्तै संस्थाका कोषाध्यक्षका श्रीधरकुमार अधिकारीले गत आर्थिक वर्षको २ अर्व ५४ करोड ५३ लाख ७७ हजार ४ सय १२ रुपैयाको आयब्यय विवरण प्रस्तुत गर्नुभयो भने चालु आर्थिक वर्ष २०७५÷७६ को लागि २ अर्व ८२ करोड ९६ लाख ९२ हजार ९२ रुपैया बराबरको अनुमानित आयव्यय प्रस्तुत गर्नुभएको थियो । चालु आर्थिक वर्षमा ९० लाख शेयर पुजि बृद्धि गर्ने, एक अर्व ५० करोड निक्षेप संकलन हुने अनुमान गरेको बताउनुभयोे ।

कार्यक्रममा बोल्ने बक्ताहरुले सहकारीले राम्रो प्रगती गर्न सफल भएको भन्दै शुभकामना ब्यक्त गरेका थिए । कार्यक्रममा अध्यक्ष बुढाथोकीले २०५४ साल देखि २०७४ सम्म आईपुग्दा शेयर पुजीको २५० प्रतिशत क्यास ब्याक दिन सफल भएको बताउनभयो ।

साधारणसभाको अबसरमा असल बचन कर्ताको रुपमा लमहीका प्रेमबहादुर केसी, तुलसीपुरका विमला महरा, लोकबहादुर विष्ट, नारायणपुरका अजिम सिद्धिकी, कमला भण्डारी, घोराहीका गौरीशंकर गुप्ता, तुलसीपुरका रचना श्रेष्ठ, घोराहीका खिमाकुमारी बुढा, सुष्मिता केसी गोदार, नीमबहादुर वली, मोहम्मद मंसुरी, तुलसीपुरका मानबहादुर खड्का र घोराहीकै लक्ष्मण न्यौपानेलाई सम्मानित गरीएको थियो ।

साथै कार्यक्रमको अबसरमा राप्ती बचत वर्ष ब्यक्तित्व २०७५ बाट घोराही उपमहानगरपालिका १० नारायणपुर निबासी भरतमणि खनाललाई सम्मान गरीएको छ ।