अपाङ्ग मैत्री भौतिक संरचना नहुदाँ समस्या

Advertise with us

रीता लामा

Buddha International Hospital

नेपाल सरकार मन्त्रिपरिषद्को मिति २०६९ चैत्र ६ बसेको बैठकले अपाङ्गता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ बहुमतले पारित ग¥यो ।

Advertise with us


जसमा सरकारी भवन, विद्यालय, विश्वविद्यालय, अस्पताल, स्वास्थ्य संस्था, धार्मिक स्थल, कार्यस्थल, सार्वजनिक सडक, सडक पेटी, यात्रु प्रतिक्षालय, पार्किङ्ग स्थल, मनोरञ्जन स्थल, खेल मैदान, सम्मेलन केन्द्र, सिनेमा हल जस्ता सार्वजनिक स्थल र सर्वसाधारणलाई खुला गरिएका व्यावसायिक भवन, आवासिय भवन, होटल तथा रेष्टुरेण्ट, एटिएम बैङ्किङ सेवा जस्ता सार्वजनिक भौतिक संरचनामा उपयुक्त ¥याम्प, ढोका, झ्याल, गाइडिङ्ग व्लक र ब्रेल समेतको व्यवस्था गरी अपाङ्गता भएका व्यक्तिको सहज आवागमन र उपयोगको लागि पहँुच योग्य बनाइने छ भनिएको छ ।


त्यसैगरि नागरिकको सहरोकारको क्षेत्र मानिएको संचार संस्थाहरु टेलिभिजन, रेडियो जस्ता सार्वजनिक सञ्चार तथा सूचना सेवामा समेत अपाङ्गता भएका व्यक्तिको पहँुच अभिवृद्धि गर्न, अपाङ्गता भएका व्यक्तिलाई हुने अवरोध हटाई भौतिक संरचना र मानविय सेवा तयार गरिने कुरा उल्लेख गरेको छ ।


अपाङ्गता सम्बन्धी राष्ट्रिय नीति तथा कार्ययोजना, २०६३ मा पनि प्रचलित कानून द्वारा प्रदत्त नागरिक, राजनैतिक, आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार र सुविधा उपयोग गर्न सक्षम बनाई अपांगता भएकाहरुलाई विकास प्रक्रियामा पूर्ण र प्रभावकारी रुपमा अनिवार्य सहभागी गराइने भनिए पनि व्यवहारमा भने कार्यान्वयन हुन सकेको छैन ।

राष्ट्रिय अपाङ्ग महासंघ नेपाल दाङका अध्यक्ष शिव घर्तीले दाङका केही सरकारी कार्यालयहरु मात्रै अपाङ्ग मैत्री बन्ने प्रयासमा रहे पनि अझै पनि अंधिकासंघ भौतिक संरचना अपाङ्ग मैत्रि बन्न नसकेको बताउछन ‘कतिपय कार्यालयहरुमा अपांगहरु प्रवेश नै गर्न नसक्ने खालका छन ।’ उनले भने ‘अपांगता मैत्री भवन निर्माणमा ध्यान दिन सबैले चासो र चिन्ता व्यक्त गर्नुपर्छ ।’ पहिलो चरणमा सरकारी कार्यालय एवम संचार संस्थाहरुले आफनो भवन अपांग मैत्रि बनाउनुपर्ने उनको भनाई थियो । त्यसैगरी सरकारी कार्यालयमा दोभाषे, बे्रल लिपी पढ्न जानेकाहरुको व्यवस्था पनि हुनुपर्ने उनको माग छ ।

नेपाल सरकारले विभिन्न प्रकारका अपाङ्गता भएका व्यक्तिहरुको लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका, २०६९ पारित गरे पनि त्यो कार्यान्वयमा आउन नसकेको भन्दै उनले कम्तीमा पनि राज्यका निकायहरुले यसमा विशेष ध्यान दिनुपर्ने बताउछन ।
अपाङ्ग मानव अधिकार एवम सरोकार मञ्च दाङका अध्यक्ष बासुदेव रिजालले जिल्लाका अधिकासंघ सार्वजनिक सरोकारका स्थलहरुमा ज्यादै भिराला सिँडी हुने, रेलिङ्ग नभएका सिँडी, ह्वीलचियर पस्न नसक्ने खालेको साँघुरा ढोका भएको आफुले पाएको बताउछन । त्यस्तै सिडी भएको ठाउँमा ¥याम्पको अभाव, भत्किएका सडक, अग्ला र कर्व ¥याम्पको व्यवस्था नभएका सडक पेटीहरुले अपाङ्गता भएकाहरुलाई समस्या भएको बताउछन ।

अपाङ्गता भएका व्यक्तिहरुका लागि पहुँचयुक्त भौतिक संरचना बनाउने निर्देशिका २०६९ जारी भए पनि राज्यका निकायहरुले त्यसको कार्यान्वयन नगरेको अपाङ्गता भएकाहरु बताउछन ।

यता घोराही उपमहानगरपालिकाले पनि आर्थिक बर्ष २०७५।७६को नीति तथा कार्यक्रममा भौतिक संरचना निर्माण गर्दा बालमैत्रि, अपांग मैत्रि, जेष्ठ नागरिक मैत्रि, महिला मैत्रि बनाउन विशेष ध्यान दिइने छ । भन्ने उल्लेख गरेको छ । तर आगामी दिनमा त्यसलाई कार्यान्वयमा कतिको लैजाने हो त्यसलाई हेर्न भने बाकि छ ।