नेकपा सचिवालय बैठक बस्दै, यी हुन एजेण्डा

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दैछ । अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल, प्रचण्डले आज बिहान ९ बजे बस्ने गरी सचिवालय बैठक बोलाउनु भएको हो ।

बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउने मुख्य एजेण्डा राखिएको छ । गत भदौं पहिलो साता नै एकताको बाँकी काम टुंगो लगाउने योजना भएपनि नेताहरुबीचको बिवाद र अन्य कामका कारण हुन सकेको थिएन ।

Blog Post Ad

पछिल्लो समय एकताको एजेण्डालाई धकेल्दै अन्य कामतर्फ सचिवालय बैठक केन्द्रित भएपछि सोमवार पार्टी एकताको बाँकी कामलाई पुर्णता दिने मुख्य एजेण्डासहित बैठक बोलाइएको नेकपा सचिवालयका एक सदस्यले जनताटाइम्सलाई बताए ।

Blog Post Ad

‘पार्टी एकताको बाँकी काम टुंग्याउने योजनासहित आजको सचिवालय बैठक बोलाइएको छ, अव ढिला नगर्ने निर्णय अध्यक्षद्वयले लिनुभएको छ,’ सचिवालयका ती नेताले भने । आज बिहान ९ बजे बस्ने सचिवालय बैठकका लागि महासचिव बिष्णु पौडेलले आवश्यक सवै गृहकार्य पूरा गरिसक्नुभएको छ । नेकपामा केन्द्रीय आयोग, बिभागले पुर्णता पाउन बाँकी रहेको छ । आजको बैठकमा सरकार र पार्टी कामको समेत समीक्षा हुने बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *