राप्ती क्लबद्वारा सम्मान


घोराही १४ पुस  । घोराही स्थित राप्ती क्लबले खेलाडीहरुलाई सम्मान गरेको छ । शनिबार पर्यटकिय स्थल बाह्रकुनेमा आयोजित कार्यक्रममा खेलाडीहरुलाई सम्मान गरिएको हो ।

Buddha International Hospital
Advertise with us

क्लबका अध्यक्ष बसन्त पुरी अध्यक्षता एवं पूर्व खेलाडी नारायण सिंह गुरुङको प्रमुख आतिथ्यता, घोराही उपमहानगर पालिकाका वडा नं. १५ का अध्यक्ष रमेश पाण्डेको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिमल श्रेष्ठ, दिपक पुन, मदन कुमार श्रेष्ठ, केदारराज श्रेष्ठलगायतकाले बोल्नुभएको थियो । कार्यक्रमको संचालन क्लबका सचिव श्यामकुमार गिरीले गर्नुभएको थियो ।

Advertise with us