लायन्स क्लब ससारकै उत्कृष्ट सामाजिक संस्था

शरद रेग्मी
तुलसिपुर, कार्तिक २२ । राष्ट्रिय सभा सदस्य कोमल वलिले लायन्स क्लब ससारकै उत्कृष्ट सामाजिक सस्था भएको बताउनुभएको छ । राष्ट्रिय अन्तर्रा्ष्ट्रिय जगतमा लायन्स क्लबका लाखौं सदस्यहरु हामी सेवा गर्छाैं भनेर संवत्स् स्फुर्तरुपमा फिल्डमा आएको देख्दा निकै खुसि र गौरबको अनुभूति भएको बताउनुभयो ।

लायन्स क्लब अफ दाङले तुलसिपुर स्थित कालिका देवि रक्त सञ्चार केन्द्रमा आयोजना गरेको रक्तदान कार्यक्रममा उदघाटन समारोहमा बोल्दै राष्ट्रियसभा सदस्य वलिले लायन्स क्लबले स्वास्थ र शिक्षाको क्षेत्रमा नेपालमा महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको भन्दै प्रशसा ब्यक्त गर्नुभयो ।

लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसिको अध्यक्षता एव राष्ट्रिय सभा सदस्य कोमल वलिको प्रमुख अतित्थ्यमा भएको कार्यक्रममा १३ जनाले रक्तदान गरेका थिय । कार्यक्रममा बिशिस्ट अतिथिहरु ईलाका प्रहरी कार्यालय तुलसिपुरका प्रमुख डिएसपि हरिहर नाथ योगि, डिष्िट्रक को एडभमईजर बिनोद कुमार श्रेष्ठ,तुलसिपुर उधोग बाणिज्य सङघका निवर्तमान अध्यक्ष बिमल रिजाल,रक्त सञ्चार केन्द्र दाङका प्रमुख दिलिप न्यौपाने लगायतकाले शुभकामना ब्यक्त गर्नुभएको थियो ।

सो अबसरमा डिएसपि हरिहर नाथ योगि,उधोगपती बिमल रिजाल ,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,लायन्स क्लब अफ दाङका अध्यक्ष यज्ञबहादुर केसि,डाक्टर घनश्याम शर्मा लगायतले रक्तदान गर्नुभएको थियोे ।

त्यसैगरि सचिव भागवत घिमिरे, डम्बर डाँगी, मोहन खड्का, कबिता केसि, रमेश केसि, देबेन्द्र मल्ल,धन प्रसाद खड्का, यादब शर्मा लगायतले रक्तदान गर्नुभएको थियोे । यता रक्त सञ्चार केन्द्र दाङले पछिल्लो समय जिल्लामा रगतको माग अत्यधिक भएको बताएको छ ।