आलमले इँटाभट्टामा जलाएको ओसी अख्तर ज्युँदै रहेको श्रीमतीको दाबी

घोराही, २२ कार्तिक । नेपाली कांग्रेसका सांसद मोहम्मद अफताब आलमले १२ वर्षअघि इँटाभट्टामा हालेर मारिएको भनिएका ओसी अख्तर ज्युँदै रहेको उनकी श्रीमतीले दाबी गरेकी छिन ।

बम विस्फोटमा घाइते भएका अख्तरसहितका व्यक्तिलाई आलमकै निर्देशनमा इँटाभट्टामा हालेर ज्युँदै जलाइएको अभियोगमा थुनछेक बहस चल्दै गर्दा उनकी श्रीमतीले श्रीमान बैदेशिक रोजगारीमा गएको र अहिले ज्युँदै रहेको भनेर निवेदन दिएकी हुन् ।

आलम बिरुद्ध थुनछेक बहस चल्दै अख्तरकी श्रीमती आमना खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निबेदन लिएर आएको जिल्ला अदालत रौतहट स्रोतले जनाएको छ । आलम बिरुद्ध सरकारी वकिलले बहस गरिरहेका बेला उनकी श्रीमती खातुनले श्रीमान ज्युँदै रहेको भन्दै निवेदन लिएर इजलासमै पुगेकी थिइन ।

श्रीमान ज्युँदै रहेको भन्दै श्रीमती निवेदन लिएर पुगेपछि आएको भए पनि अदालतले भने निवेदन दर्ता गरेको छैन । अहिले बहस चलेकाले उनको निबेदन नहेरिएको र त्यसलाई हेर्ने नहेर्ने भन्नेबारे पछि निर्णय हुने अदालतले जनाएको छ ।