करेन्ट लाग्दा तिन जना घाईते

तुलसीपुर २२ कार्तिक | दाङमा करेन्ट लागेर बर्षेनी कयौ मानीसको अकालमै मृत्यु हुने गरेको छ । भने कतिपय घाईते भइ बाचि रहेका छन । बिद्युत प्राधिकरण तुलसीपुरका प्रशासन शाखा प्रमुख युबराज बिष्टका अनुसार आर्थिक बर्ष २०७५–७६ मा तुलसीपुर क्षेत्रमा करेन्ट लागेर तिन जना घाईते भएका छन् भने तिन ओटा जनावरको मृत्यु भएको छ ।

बिद्युत प्राधिकरण तुलसीपुरको तथ्याङक अनुसार गत बर्ष बिद्युत कार्यालयका दुई जना कामदार र एक जना तुलसीपुरका एक ब्यतिm घाईते भएका छन् । घाईते हुनेमा निमबहादुर चौधरी, मोहनबहादुर श्रेष्ठ र श्यामसुन्दर गुप्ता रहेकोे बिष्टले जानकारी दिनुभयो । त्यसैगरि एउटा रांगो लाई करेन्ट लागेर मृत्यु भएको थियो भने शान्ती नगरमा करेन्ट लागेर दुई ओटा गोरुको मृत्यु भएको थियो ।

यस्तै तुलसीपुर बिद्युत बितरण केन्द्रले लाईन निमाणर्, बिद्युत बिस्तार, मर्मत, सुधार र गुणस्तरिय सेवा दिने जस्ता कामहरुलाई मुख्य कार्य योजना बनाएर काम गर्दै आएको बिद्युत बितरण केन्द्र प्रमुख जग्गनाथ लामीछानेले बताउनुभयो । करेन्ट जस्ता दुर्घटना न्यूनिकरण गर्नका लागि नागरिक जनचेतना, आबश्यक रहेको बताउनुभयो ।