रुकुम पूर्वमा ईन्जीनियरिङको पढाइ

रुकुम,२२ कार्तिक | रुकुम पुर्वमा पहिलोपटक इन्जिनियरिङको पढाइ हुने भएको छ । सिस्ने गाउँपालिका–३ स्थित जनता मावि पोखराले जिल्लामै पहिलोपटक इन्जिनियरिङको पढाइ सञ्चालन गर्न लागेको हो ।

इन्जिनियरिङको पढाइ सञ्चालनका लागि सिटिइभिटीबाट अनुमति पाइसकेको छ । सिटिइभिटीको अनुमति पाएपछि विद्यालयले तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ ।

अहिले विद्यार्थीहरूबाट आवेदन संकलन भइरहेको र २३ कात्तिकमा परीक्षा हुने विद्यालयका प्रधानाध्यापक कालु खड्काले बताउनुभएको छ । लामो प्रयासपछि विद्यालयमा इन्जिनियरिङको पढाइ सञ्चालनको अनुमति ल्याउन सफल भएको उहाँको भनाई छ ।

तीनवर्षे सिभिल ओभरसियरको पढाइ सञ्चालन गर्ने अनुमति पाएपछि विद्यालयले व्यवस्थापनको कामलाई तीव्रताका साथ अगाडि बढाएको छ । विद्यालयका अनुसार पठन पाठनका लागि आवश्यक प्रयोगशाला तथा अन्य व्यवस्थापनको काम पूरा भइसकेको जनाएको छ ।।