शनिबारदेखी हराइरहेका एक व्यक्ति मृत्य फेला

 

प्युठान, २२ कार्तिक | प्युठानमा एक जना मृत अबस्थामा फेला परेका छन् । कार्तिक १६ गतेदेखि परिवारको सम्पर्कमा नरहेका स्वर्गद्वारी नगरपालिका ६ बेल्बास निवासी गुरुप्रसाद कालाथोकी ६ दिनपछि मृत फेला पर्नुभएको हो ।

७४ वर्षिय कालाथोकी आज माण्डवी गाउँपालिका ३ को माडी खोलाको किनारमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय प्युठानका सुचना अधिकारी प्रहरी निरिक्षक लोकेन्द्र जिसीले जानकारी दिनुभएको छ ।

कालाथोकीको शवलाई स्थानीयले देखेपछि प्रहरीलाई खबर गरेका थिए । उक्त शबलाई जिल्ला अस्पताल प्युठानमा पोष्टर्माटमपछि परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।