कर्तव्य ज्यान मुद्धाका दोषि वर्षौदेखि फरार

दाङ, २२ कार्तिक | दाङमा कर्तव्य ज्यान मुद्धाका दोषि वर्षौदेखि फरार रहेका छन् । अपराधमा संलग्न दोषि लामो समयसम्म पनि पत्ता लाग्न सकेका छैनन् । प्रहरीले फरार दोषिको पहिचान गर्न नसक्दा पिडितले न्याय पाउन नसकेको गुणासो गरेका छन् । अपराधमा संलग्न तर फरार दोषिलाई प्रहरीले अनुसन्धान तथा खोजी गरेपनि वर्षौँअघिका दोषि पत्ता लगाउन सकेको छैन् ।

जिल्ला प्रहरी कार्यालय दाङको तथ्याङ्क अनुसार कर्तव्य ज्यानसम्बन्धि ५८ मुद्धा अहिले पनि अनुसन्धानमै रहेको छ । त्यसैगरी फुटकर ज्यान सम्बन्धि ६२ र भवितव्य ज्यानका १३२ मुद्धा प्रहरीले अनुसन्धान गरिरहेको छ । अपराधमा संलग्न दोषिलाई प्रहरीले पक्राउ गर्न नसक्दा दोषि समाजमा खुलेयाम हिडेका छन् ।

प्रहरीले तुलसीपुरका संचार उद्यमी देविप्रसाद धिताल हत्याकाण्ड, घोराही–१० नारायणपुरमा खनाल परिवारको सामुहिक हत्याकाण्ड लगायतका दोषि अझै पत्ता लगाउन सकेका छैन् । दोषि पहिचनामा नागरिकको सहयोग अनिवार्य रहेको जिल्ला प्रहरी प्रमुख एसपी जनक भट्टराईले बताउनुभयो ।

दोषि समाजमै लुकेर बस्ने गरेपनि नागरिकको सहयोग नहुने गरेको एसपी भट्टराईले बताउनुभयो । प्रहरीले जतिसक्दो छिटो अपराधिलाई पक्राउ गरी पिडितलाई न्याय दिन तत्पर रहेको भन्दै उहाँले प्रहरीलाई सहयोग गर्न नागरिकलाई आग्रह गर्नुभयो ।