उमेदवारहरु माथि आज उजुरी दिन सकिने

दाङ, २२ कार्तिक | निर्वाचन कार्यतालिका अनुसार आज उमेद्वारको बिरोधमा उजुरी दिने सकिने भएको छ । निर्वाचन कार्यतालिका अनुसार भोली उजुरी माथी जाँचबुझ गर्ने र भोली नै उमेद्वारहरुको नामावली सार्वजनिक गर्ने कार्यतालिका रहेको सहायक निर्वाचन अधिकृत धनीप्रसाद चपाईले जानकारी दिनुभयो ।

यसैगरी २४ गते उमेद्वारी फिर्ता लिने समय दिइएको छ भने २५ गते उमेद्वारलाई चुनाब चिन्ह प्रदान गर्ने र मंसिर १४ गते चुनाब हुने छ । प्रदेशसभा सदस्य उत्तरकुमार वलीको सवारी दुर्घटनामा परेर निधन भएपछि दाङ निर्वाचन क्षेत्र नम्बर ३ को २ मा उपनिर्वाचन हुन लागेको छ ।

मंसिर १४ गते हुने उपनिर्वाचनमा प्रदेशसभा सदस्यका लागि १२ दल र २ स्वतन्त्र गरी १४ जनाले उमेद्वारी दर्ता गराएका छन् । यसैबिच प्रतिनिधिसभाको एक र प्रदेशसभाका रिक्त तीन निर्वाचन क्षेत्रका लागि ६५ जना उम्मेदवार प्रतिस्पर्धामा छन् ।