करेन्ट लागेर एक जनाको मृत्यु, दुइ जना पक्राउ

Advertise with us


घोराही, १४ पुस । तुलसीपुर उपमहानगरपालिका वडा नम्वर १६ स्थित तल्लो ग्वार खोलामा करेन्ट लगाएर माछा मार्दा एक व्यक्तिको मृत्यु भएको छ ।


Advertise with us
व्याट्रीको प्रयोग गरि करेन्ट लगाई माछा मार्ने क्रममा सोही ठाउँका ४४ बर्षिया अम्मर चौधरीको घटना स्थल मै मृत्यु भएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृतक चौधरीसँगै माछा मार्ने काममा संलग्न ४५ बर्षिया पुष्कर भण्डारी र ४३ बर्षका श्रीराम चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

Buddha International Hospital


पक्राउ परेकाहरुको बारेमा थप अुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।