भ्रष्टाचार नगरेर काम गर्न उपभोक्ता समितीलाई आग्रह

दिप्तीशिखा चौधरी

Advertise with us

उपभोक्ता समिती संचालन अभिमूखीकरण तालीम दङ्गीशरण गाँउपालिका वडा न.७ श्रीगाउँमा आज शुक्रबार सम्पन्न भएको छ । दङ्गीशरण गाँउपालिका गाँउ कार्यपालिका कार्यालयको आयोजनामा उपभोक्ताहरुका लागि तालीमको आयोजना गरिएको हो । उद्घाटन कार्यक्रममा गाँपालिकाका अध्यक्ष भागिराम चौधरीले सरकारको काम हो भन्ने सोच लिएका कारण बिकाशले गति लिन नसकेको बताएका थिए । स्थानीय तहमा हुने जुनसुकै बिकाश निर्माणका कामहरु एक ब्यक्तीले मात्र गर्न नसक्ने भएकाले उपभोक्ता समिती गठन प्रक्रीयालाई अगाडि बढाईएको भन्दै भ्रष्टाचारका कुराहरु बाहिर नआउने किसीमले काम गर्न उपभोक्ता समितीलाई आग्रह गरे । ठेक्कामा हुने काम लापरवाहि तरीको हुने गरेको गुनासो धेरै आउने भएका कारण अबका दिनमा यस्तो गर्न नहुने समेत सुझाव दिए । गाँउ पालीकासंग सम्झौता गरसिकेपछि आफनो काम र कर्तव्यलाई आफनो दायत्विको रुपमा लिएर बिकाशलाइ साझेदारी का रुपमा लिएर ब्यबस्थापनलाई बलीयो बनाउनु पर्ने बताए । सो अबसरमा प्रशासकिय अधिकृत मार्शल कुमार वलीले बजेट चुहावट नहुने गरेर काम गर्न सुझाव दिए । उनले काम अनुशारका्े भ्याट बिल बनाउन उपभोक्ता समितीलाई आग्रह गरे । अधिकृत वलीले भने –“उपभोक्ता समितीले इमानदारीता पूर्वक कामको योजना बनाउनुस र बजेटलाई सहि ठाउमा सदुपयोग गर्नुस ,काममा अनियमीतता नहोस भन्ने बिश्वास छ । माईनटमा निर्णय गरेर मात्र हुदैन,अनुगमनका बेलामा कामको मुल्यांकन हुनेछ ।” साथै उनले उपभोक्ता समितीले १० प्रतीशत श्रमदान गर्नुपर्ने भन्दै आफनो घरआगनको विकाश दिगो रुपमा बनाउनु पर्ने बताए । तालीममा सहभागीहरुलाई उपभोक्ता समितीको गठन प्रक्रिया र आवश्यक कागजपत्रहरु, उपभोक्ता समिमितीका सदस्यको योग्यता, उपभोक्ता समिति गठनको नमूना , उपभोक्ता समितिको काम,कर्तब्य र अधिकार, उपभोक्ता समितिको भौतीक तथा बित्तीय प्रगती प्रतिवेदन लगाएतका बिषयमा जानकारी गराईएको थियो । तालीमको प्रशीक्षकमा गाउँपालीकाका प्रशासन शाखाका निमीक्त प्रमूख नरेन्द्रराज शर्मा, योजना शाखाका प्रमूख मस्तबिर चौधरी रहनु भएको थियो । वडा न.७ का अध्यक्ष बिर बहादुर वलीको अध्यक्षता एंव गाँउपालिकाका अध्यक्ष भागिराम चौधरीको प्रमूख आतीथ्यमा तालीम सम्पन्न भएको हो । तालीममा ७ न.वडाका महिला र पुरुष गरी ४० जना बिभीन्न उपभोक्ता समितीका पदाधिकारीहरुको सहभागीता रहेको थियो ।।

Advertise with us

Buddha International Hospital