नागरीक समाज संचालन र व्यवस्थापन छलफल

दाङ, पुस  । नागरीक समाज संचालन र व्यवस्थापन विषयक जिल्ला स्तरीय अन्र्तक्रिया कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । देशमा संघियता कार्यानव्यन भएसंगै स्थानिय निकायको कानुन निर्माण प्रकृया तथा नागरीक समाज संस्थाहरुको संचालन र व्यवस्थापन गर्न छुट्टै कार्यविधि निर्माण गरी स्वच्छ वातावरण निर्माण गर्ने माग सहित स्थानिय निकायका जनप्रतिनिधिहरु अन्र्तक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।

Buddha International Hospital

Advertise with us

ग्रामीण महिला उत्थान केन्द्रले संचालन गरिरहेको पारस्परीक जवाफदेहिता परियोजना अन्तरगत आयोजना गरिएको सो कार्यक्रममा स्थानिय निकायका जनप्रतिनिधिहरु, नागरीक समाज, नागरीक समाज संघ संस्थाका प्रतिनितिहरु, मानवअधिकारकर्मी तथा पत्रकारहरुको उपस्थिती रहेको थियो । कार्यक्रममा नागरीक समाज दाङका संयोजक चन्द्रराज पन्तले नागरीक समाज संचालन र व्यवस्थापन सम्बन्धमा आधारपत्र प्रस्तुत गर्नुभएको थियो ।

उहाँले नागरीक समाजको तर्फबाट स्थानिय सरकारलाई धेरै फाइदा हुने भन्दै आधारपत्रमा तपसिल बुदाँहरु समेत उल्लेख गर्नुभएको थियो । नागरिक समाजका अगुवा एवम स्थानीय संचार माध्यमका प्रनिनिधिसंगै आपसी छलफल हुने हुँदा सरकार नागरिक समाज र स्थानीय तहमा काम गर्दाका अनुभव तथा अवसर र चुनौती बिच समिक्षा÷छलफल गर्ने र योजनाबद्ध रुपमा नागरिकका सवालमा वकालत गर्ने बताउनुभयो ।

त्यस्तै कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाकाका उपप्रमुख माया शर्मा र दंगीरण गाउँपालिकाका प्रमुख भागीराम चौधरीले नागरीक समाज व्यवस्थापन र संचालन सम्बन्धी कार्य्विधि निर्माण गरी लागु गर्ने भन्दै सहमतीपत्रमा हस्ताक्षर समेत गर्नुभएको छ । घोराही उपमहानगरपालिकाले भने कार्यपालिकाको बैठकमा छलफल गरी सहमतीपत्रमा हस्ताक्षर गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ग्रामीण महिला उत्थान केन्द्रकी अध्यक्ष आसमानी चौधरीको अध्यक्षता तथा जिल्ला समन्वय समितिका प्रमुख जितेन्द्रमान नेपालीको प्रमुख आथित्य तथा घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको विशिष्ट आतिथ्यमा भएको कार्यक्रममा तुलसिपुर उपमहानगरपालिकाकाका उपप्रमुख माया शर्मा र दंगीरण गाउँपालिकाका प्रमुख भागीराम चौधरीको पनि सहभागिता रहेको थियो ।

त्यस्तै दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुसाल, नागरीक समाजका अगुवाहरु श्रीमन आचार्य, नारायण श्रेष्ठ, साजिदा सिद्धिकी, चिन्तामणी पौडेल, पत्रकार शरद अधिकारी लगायतले बोल्नु भएको थियो । नागरीक अगुवा एवं सामाजिक अभियन्ता देवराज विश्वकर्माको स्वागत मन्तब्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण नविन चौधरीले गर्नुभएको थियो ।