बाल बिबाह न्यूनीकरण सम्बन्धि अभिमुखीकरण गोष्ठी


दिप्तीशिखा चौधरी,

दङ्गीशरण | शिक्षीत छोरीको शिक्षीत बिचार,समानतामूलक समाजको आधार भन्ने मूल नाराका साथ ९ र १० का बिधार्थीहरुलाई बाल बिबाह न्यूनीकरण सम्बन्धि अभिमुखीकरण गोष्ठी आज दङ्गीशरण गाँउ पालिका वडा न. २ स्थित मधपुर मा.वि.गोलटाकुरीमा आज शुक्रबार सम्पन्न भएको छ ।

Buddha International Hospital
Advertise with us

गाउापालिकाका अध्यक्ष भागिराम चौधरीको अध्यक्ष्ता एंव बिधालयका प्रधानअध्यापक खेमराज बुढाथोकिको प्रमूख आतीथ्य तथा गाँउपालिकाका उपाध्यक्ष पिमा कुमारी वलीको बिशीष्ट आतीथ्यमा गोष्ठी सम्पन्न भएको हो । कार्यक्रममा बोल्ने बक्ताहरुले बालबिबाह न्यूनीकरण गर्न सबै ब्यक्ती आ आफनो ठाउँबाट लागीपर्ने बताएका थिए । गाँउपालीकाले बालबालीकाको हितका लागि सचेतनामूलक कार्यक्रम गर्नुपर्ने आबश्यक रहेको उनीहरुको जोड थियो ।

बालबालीका भनेका काँचो माटो हुन् उनिहरुको भविष्य अन्धकार हुन बाट बचाउँन अभिभावक सगंसगै बालबीबाह मुक्त गाँउ पालिका बनाउन स्थानीय सरकारको पनि उत्तीकै कर्तब्य रहेको उनहिरुको भनाई थियो । सो अबसरमा गाउँपालिकाका प्रशासकिय अधिकृत मार्शल कुमार वली, वडा न. २ का अध्यक्ष तुल्सीराम देवकोटा,बिधालय ब्यबस्थापन समितीका अध्यक्ष नन्दराम के.सी , गोल्टाकुरी प्रहरी चौकीका प्रहरी साहायक निरीक्षक दिनेश बि.सी, शिक्षक भूम बहादुर खत्री लगाएतले बालेका थिए ।

गोष्ठीमा महिला तथा बालबालीका शाखाकी प्रमूख चन्द्रा वलीले बिबाहको परिभाषा,बाल बिबाहको भनेको के हो ?,दण्डनीय बिबाह अथवा कस्तो बिबाह गर्नु हुदैन,बाल बिबाहले शिक्षा ,स्वास्थ्य,मानशिक,सामाजीक रुपमा पर्ने असर, बाल बिबाह भएमा बालबालीकाको बाल अधिकारमा हुने हनन्, बालबालीकामा लागु हुने कानुनी ब्यबस्थाहरु, बालबिबाह न्यूनीकरणमा स्थानीय तहको भूमिका,बालबिबाह न्यूनीकरणमा परिवारको भूमिका, बालबालीकाहरुका मनोबिकाशका लागि बिधालय र शिक्षकको भूमिका, बालक्लवले खेल्नु पर्ने भूमिका लगाएतका बिषयमा जानकारी गराएकी थिईन् ।

 

गोष्ठीमा बिधार्थीहरुले बिधालयमा ९ र १० कक्षामा अध्ययनरत ७ जना बिधार्थीहरुले बाल बिबाह गरेको जनाएका थिए । कार्यक्रमको शहजीकरण गाउापालिकाका कार्यक्रम सयोंजक किरण पोख्रेलले गरेका थिए । पछिल्लो समयमा बालबिबाह बाट बालीकाहरु बढि प्रभावित भएको भन्दै आर्थीक बर्ष २०७५⁄७६ को स्विकृत बार्षिक कार्यक्रम अनुशार गाउँपालिकाको महिला तथा बालबालीका शाखाले सामुदायीक बिधालयमा केन्द्रीत गरेर बालबिबाह न्यूनीकरण सम्बन्धि गोष्ठीको आयोजना गरेको हो ।।

 

Advertise with us