जग्गा विवाद धेरै

दाङ, पुस १३ । घोराही उपमहानगरपालिकाको न्यायीक समितिमा जग्गाको विवादहरु बढी देखिएका छन् । न्यायीक समितिले अहिलेसम्म कार्य सम्पादन गरेको गतिविधिहरुको अबस्थाको बारेमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । सार्वजनिक तथ्यांक मध्य समितिमा जग्गा सम्बन्धी विवादहरु बढि देखिएको न्यायीक समितिका संयोजक सिता सिग्देल न्यौपानेले बताउनुभयो ।

Buddha International Hospital

Advertise with us

वितेको आर्थिक वर्षमा १ सय ४ वटा जग्गा विवाद तथा रोक्का सम्बन्धी मुद्धा दर्ता भएका छन् भने २६ वटा मात्रै फच्यौट गरेको समितिले बताएको छ । चालु आर्थिक वर्षको सुरुवात देखि पुस ११ गते सम्म ३४ वटा मुद्धा दर्ता भएका छन भने २० वटा मुद्धालाई मेलमिलाप गराईएको समितिका संयोजक न्यौपानेले बताउनुभयो । १७ महिनामा दर्ता भएका जग्गा विवादका १ सय ३८ मुद्धामा ४६ वटा मिलापत्र भएको छ भने लेनदेनमा ६४ उजुरी मध्य ३० वटा टुंगिएको छ ।

न्यायीक समितिले वितेको १७ महिनामा झण्डै डेढ सय मुद्धाहरु मेलमिलापमा टुंगो लगाएको छ । न्यायीक समितिले वितेको आर्थिक बर्षमा न्यायीक समितिका २ सय ५६ वटा विभिन्न प्रकृतीका मुद्धाहरु दर्ताभएकोमा १ सय ५ वटा मुद्धाको मिलापत्रबाट समाधान गरिएको समितिका संयोजक न्यौपानेले जानकारी दिनुभयो । त्यसै गरी चालु आर्थिक बर्षमा ८५ वटा मुद्धा दर्ता भएकोमा ३७ वटा मिलापत्र गरिएको छ ।

यसरी अघिल्लो आर्थिक बर्ष र चालु आर्थिक बर्ष गरि १७ महिनामा ३ सय ४० वटा बिभिन्न प्रकारका मुद्धाहरु न्यायीक समितिमा दर्ता भएको र ति मध्य १ सय ४२ वटा मुद्धामा मिलापत्र मार्फत टुंग्याईएको संयोजक न्यौपानले जानकारी दिनुभयो । त्यसैगरी घरेलु हिंसामा ५५ मुद्धा मध्य २४ वटा टुुंगिएको छ । समितिमा घरभडा, लिखत बदर, गालि बेइज्जी, बाताबरण, कुटपिट, कुलोपानी लगाएतका विबादहरु पनि आएका छन् ।