जन्मदोष सम्बन्धी पालिका स्तरिय अभिमुखीकरण


गढवा, १२ पुस । गढवा गाउँपालिकाले विहीवार गाउँपालिका भरका स्वास्थ्य संस्थाका स्वास्थ्यकर्मिहरु तथा वडा अध्यक्षहरुलाई जन्मदोष सम्वन्धी अभिमुखीकरण गरेको छ ।

Buddha International Hospital
Advertise with us

गढवा गाउँपालिकाका अध्यक्ष सहजराम यादवको अध्यक्षतामा भएको कार्यक्रममा जन्मीदै शारीरिक बिकृत लिएर जन्मने बच्चाहरुका बारेमा सचेतना कार्यक्रम गरिएको गाउँपालिकाका स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले जानकारी दिनुभयो । जसमध्ये लिंगको फरक ठाउँमा प्वाल हुने, टाउकोमा पानी जम्ने, बिभिन्न प्रकारका अपांगता हुने, जन्मदै हातखुट्टा नहुने, आन्द्रामा समस्या देखिने, ठाडमा पुच्छर जस्तो भएर जन्मीने र औंला घटीबढी भएर जन्मने आदीका बिषयमा जन्मदोषका बारेमा सहभागीहरुलाई जानकारी गराइएको हो ।

जन्मदाष सम्बन्धी कारण र उपचारका बारेमा जिल्ला जनस्वास्थ्य कार्यालयका रेनु श्रेष्ठ र गढवा स्वास्थ्य चौकीका डाक्टर भरत पोखे्रलले प्रशिक्षण दिनु भएको थियो । कार्यक्रममा गढवा गाउँपालिकाका उपाध्यक्ष शान्ती चौधरी,प्रमुख प्रशासकीय अधिकृत ऋषिराम केसी, वडा अध्यक्षहरु बाबुराम अधिकारी, वालचन्द्र ठकूरी हमाल, गुलाम मोहम्मद, तुल्सीराम अधिकारी, सद्दाम सिद्दिकी,भक्तु चौधरी र राहुलदेव चौधरी लगायतले जिज्ञासा राख्नु भएको थियो । कार्यक्रमको संचालन स्वास्थ्य सहसंयोजक कैलाश चौधरीले गर्नुभएको थियो ।

Advertise with us