प्रजिअ लाई स्वागत सम्मान

Advertise with us


घोराही, १२ पुस । भर्खरै दाङ सरुवा भई आउनुभएका प्रमुख जिल्ला अधिकारीलाई स्वागत सम्मान गरिइको छ ।नेपाल निवृत्त राष्ट्र सेवक समाज प्रधान कार्यालय दाङले विहिवार एक कार्यक्रम बिच घोराहीमा प्रमुख जिल्ला अधिकारी गोविन्द प्रसाद रिजाललाई स्वागत सम्मान गरेको थियो ।

Buddha International Hospital
Advertise with us

समाजका अध्यक्ष चतुरमान डाँगीको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले जिल्लाको शान्तीसुरक्षा अमन चयनका लागि नागरिक सहयोगको खाँचोपर्ने बताउनुभएको थियो । जसले जिल्लाको शान्ती सुरक्षालाई मजबुत बनाउन सक्ने बताउनुभएको थियो । उहाँले सेवा निवृत्त राष्ट्रसेवक समाजको स्वागत सम्मानले आफूलाई काम गर्न अझै उत्साहित र हौसला प्रदान गर्ने भनाई राख्नुभएको थियो ।

स्वागत सम्मान पश्चात्त बसेको समाजको बैठकले यही पुस ६ गते तुलसीपुर उपमहानगरपालिका–३ राम्रीमा भएको सडक दुर्घटना मृत्युवरण गरेका २३ जना प्रति श्रद्धान्जली अर्पण गर्दै परिवारमा जनमा .गहिरो समवेदना व्यmक्त गर्नुका साथै घाईतेहरुको सिघ्रस्वास्थ्यलाभको कामना गरेको थियो । कार्यक्रमको संचालन समाजका उपाध्यक्ष भुपेन्द्र सुवेदीले गर्नुभएको थियो ।