जन्मदिनमा पुस्तकहरु उपहार


दाङ, १२ पुस| घोराही उपमहानगरपालिका वडानं. १६ सर्रास्थित ज्ञानमाला एकेडेमीका सहायक प्रिन्सिपल महेश बस्नेत र शिक्षिका एलिजा केसीले छोरी हिमानीको तेस्रो जन्मदिन बिद्यालयलाई पुस्तकहरु उपहार दिएर मनाएका छन् ।


Advertise with us
जन्मदिनमा अनाबश्यक खर्च गर्नुको साटो पुस्तकालय निर्माणका लागि पुस्तक उपहार दिएको सहायक प्रिन्सिपल बस्नेतले जानकारी दिनुभयो । हिमानी पुस १२ गते १२ बजेर १२ मिनेटमा जन्मेकाले उक्त संयोग पारी बिहिबार १२ वटा बिभिन्न बिधाका पुस्तकहरु बिद्यालयलाई हस्तान्तरण गरेको उहा“ले बताउनुभयो ।

Buddha International Hospital

पुस्तकहरु ग्रहण गर्दै बिद्यालय व्यवस्थापन समिति अध्यक्ष चिजबहादुर चौधरीले जन्मदिनलाई रचनात्मक तरिकाले मनाएकोमा बस्नेत परिवारलाई धन्यवाद् दिनुभयो । उहा“ले अन्य शिक्षकशिक्षिका र बिद्यार्थीहरुलाई पनि यस्तै सिर्जनशिल तरिकाले जन्मदिन मनाउन अनुरोध गर्नुभयो ।

बिद्यालयका प्रबन्ध निर्देशक दुर्गँलाल केसीले पुस्तकले हजारौं बिद्यार्थीहरुलाई ज्ञान बा“ड्नसक्ने भएकाले यस्तो कामले जन्मदिन स्मरणयोग्य र उदाहरणीय बन्ने विचार व्यक्त गर्नुभएको थियो । जन्मदिनमा प्राप्त हुने पुस्तकबाट प्रत्येक कक्षामा मिनि पुस्तकलाय स्थापनाको योजना बनाएको प्रिन्सिपल केशवराज गिरीले बताउनुभयो ।

यस कदमले फजुल खर्च गरेर जन्मदिन मनाउने चलनलाई निरुत्साहित गर्दै उपलब्धीमुलक काममा लगानी गर्ने बानीको विकास गर्ने उहा“ले बताउनुभयो ।